अनिताको ‘फरिया जमाना’

बिहिबार, ०५ साउन २०७४, ०२ : ५९ शुक्रवार , Kathmandu
अनिताको ‘फरिया जमाना’

गायिका अनिता चलाउनेको नयाँ तीज गीत ‘फरिया जमाना’ सार्वजनिक भएको छ । गीतमा शब्द र संगीत एकनारायण भण्डारीको  रहेको छ । बब्बु थापाले निर्देशन गरको गीतको भिडियोको छायांकन दुर्गा पौडेल, सम्पादन प्रवीण भट्टले गरेका छन् । गीतको भिडियोमा मोडल प्रीति आलेले नाचेकी छन् ।

डिल्लीको ‘कुश्मी शेरा बजार’

गायक डिल्ली पौडेलले तीजलाई लक्षित गरेर ‘कुश्मी शेरा बजार’ बोलको गीत सार्वजनिक गरेका छन् । गीतमा अर्जुन विश्वको शब्द रहेको छ भने डिल्लीको लय संकलन छ । स्वरमा डिल्लीलाई अनिता क्षेत्रीले साथ दिएकी छन् । कृष्ण बिसीले निर्देशन गरेको गीतको भिडियोमा सुरेश सुनार, उषा किसान र विजय केसी फिचरिङ छन् । गीतलाई रक्षा म्युजिकले बजारमा ल्याएको हो ।

मधुको ‘पातै फरर’
गायिका मधु क्षेत्रीको ‘पातै फरर’ बोलको तीज गीत सार्वजनिक भएको छ । गीतमा भद्र ओलीको शब्द र संगीत रहेको छ । गीतको भिडियो निर्देशन विक्रम चौहानले गरेका छन् । भिडियोमा मधु स्वयं फिचरिङ छिन् । बसु बरालले खिचेको गीतको भिडियोलाई राजेशकुमारले सम्पादन गरेका हुन् ।

 

Leave A Comment