साराको डेब्यु

मङ्गलबार, ०३ साउन २०७४, ०१ : ५४ शुक्रवार , Kathmandu
साराको डेब्यु

सैफ अली खानकी पुत्री सारा अली खान ग्ल्यामरस अवतारका कारण अचेल मिडियामा छाइरहेकी छन् । फेसन कन्सस उनी ट्रेन्डी पोसाक लगाउन खपिप्स छिन् । धेरैको मन जितेकी उनी अब ठूलो पर्दामा देखिन लागेकी छन् । उनी पहिलो फिल्म ‘केदारनाथ’बाट डेब्यु गर्दैछिन् । चानचुने अभिनेतासँग हो र ? उनी पछिल्लो समयका चर्चित युवा अभिनेता सुशान्त सिंह राजपुतसँगै पहिलो पटक फिल्मी पर्दामा आउन लागेकी हुन् । केही दिनअघि बाहिर आएको उनको लुक्समा उनी निकै नै शालिन नारीका रुपमा प्रस्तुत भएको देख्न सकिन्छ । ‘केदारनाथ’लाई अभिषेक कपुरले निर्देशन गर्नेछन् । फिल्म २०१८ को जुनमा रिलिज हुनेछ । सारा सैफ र पूर्व पत्नी अमृता सिंहकी छोरी हुन् ।

 

Leave A Comment