चकलेटले पुर्यायो अस्पताल

मङ्गलबार, ०३ साउन २०७४, १२ : २० शुक्रवार , Kathmandu
चकलेटले पुर्यायो अस्पताल

चकलेट मुखलाई गुलियो हुन्छ । नेपालमा चल्तीकै भनाइ नै छ नि, जता गुलियो त्यतै भुलियो । तर गुलियो चकलेट खाने लोभमै करिब एक दर्जन किशोर किशोर अस्पताल पुगेका छन् । गम्मी बिर्यस नामको चकलेट खाँदा उनीहरु बिरामी बन्न पुग्दा अस्पताल भर्ना हुन पुगेका हुन् । खबरहरुमा जनाइए अनुसार उनीहरुले खाएका ती चकलेटमा ड्रग लेपन गरिएको अनुसन्धानबाट पत्तो लागेको छ । चकलेटमा मिसाइएको विषाक्त ड्रग सेवन पछि ११ किशोर किशोरीलाई चक्कर आएको, मुटुको धड्कन बढेको र खुट्टा लगलगाएको थियो । साथै उनीहरुका आँखाले धमिलो देखेको थियो । रिपोर्टहरु अनुसार उनीहरुले एकवटा र आधा गम्मी बियर सेवन गरेका थिए । तर थोरै मात्रामा सेवन गरिएको चकलेटले भयानक अवस्था सिर्जना गर्दा त्यहाँका मानिसहरु आत्तिएका छन् । १९ वर्षे एक किशोरले पुलिसलाई इमरजन्सीमा खबर गरेपछि यो कुरा बाहिर आएको थियो । ती किशोरले क्याम्पिङमा रमाइरहेका उनले साथीहरुलाई नभेट्दा हतोत्साही भएर पुलिसलाई खबर गरेका थिए । रंगीचंगी भएकै कारण गम्मी बियर केटाकेटीको आकर्षणको केन्द्र बनेको छ । खबर आएको केही समयमै पुलिसहरुले उत्तरीपश्चिम इन्डियानाको काउन्टी सडकस्थित एक घरमा दस किशोर किशोरी बिरामी भएको अवस्थामा फेला पारिएका थिए । उपचारपछि उनीहरु पूर्ववत् अवस्थामा रहेको बताइएको छ । ‘चकलेट निकै विषाक्त रहेछ, पूरै ११ जना किशोरकिशोरीलाई समस्यामा पारेछ । पछि बुझ्दा उनीहरु असल किशोर भएको पाइयो,’ क्याप्टेन केलेम्सले एबीसीसँग बताएका छन् । पुलिसले ती चकलेट इन्डियानाको गाँजा कानूनी रुपमा छुट दिइएको ठाउँबाट किनेको पत्ता लागेको छ । यस विषयमा अनुसन्धान हुन भने बाँकी नै छ ।

Leave A Comment