रवि शास्त्री नयाँ प्रशिक्षक !

सोमबार, ०२ साउन २०७४, ०२ : ३७ शुक्रवार , Kathmandu
रवि शास्त्री नयाँ प्रशिक्षक !

पूर्व कप्तान रवि शास्त्री भारतीय क्रिकेट टोलीको नयाँ प्रशिक्षक बन्ने दौडमा अगाडि देखिएका छन् तर कप्तान विराट कोहलीसँग सल्लाह गरेपछि अन्तिम निर्णय गरिने खबर भारतीय मिडियामा छाएको छ ।
५५ वर्षे शास्त्रीसँगै अन्य पाँच व्यक्ति भारतीय टोलीको सम्भावित प्रशिक्षक बन्ने दौडमा छन् । पूर्व टेस्ट कप्तान अनिल कुम्बलेले विराटसँग सम्बन्ध चिसिएका कारण राजिनामा दिएपछि भारतीय टोलीको प्रशिक्षक पद रिक्त छ । सचिन तेन्दुलकर, सौरभ गांगुली र भिभिएस लक्ष्मण सहितको सल्लाहकार समिति सहितको टोलीले विश्व टेस्ट क्रिकेटको शीर्ष टोलीको नयाँ प्रशिक्षक छनोट गर्नेछ ।
क्रिकेटको शंक्तिशाली देश भारतको प्रशिक्षक बन्ने दौडमा शास्त्रीसँगै वीरेन्द्र सहवाग, अस्टे«लियाका टम मुडी, इङ्ल्यान्डका रिर्चाड पियुब्स र भारतीय टोलीका पूर्व व्यवस्थापक लालचन्द राजपुत रहेका छन् । सम्भावित प्रशिक्षकको अन्तर्वार्ता लिए पनि छनोट कमिटीले नाम घोषणा गर्न हतार नभएको बताएको छ । अन्तिम निर्णय कप्तान विराट भारत फर्किएपछि गरिनेछ । शास्त्रीले २०१४ देखि २०१६ सम्म भारतीय टोलीको निर्देशकका रुपमा काम गरेका थिए र शास्त्रीको विराटसँग राम्रो सम्बन्ध भएको बताइन्छ ।

Leave A Comment