हात नरम बनाउने तरिका

सोमबार, ०२ साउन २०७४, ०२ : १३ शुक्रवार , Kathmandu
हात नरम बनाउने तरिका

हामीले कुनै पनि काम गर्न सबैभन्दा पहिले हात नै प्रयोग गर्छौं तर कति मानिसले आफ्नो हातको हेरचाह राम्रोसँग गर्दैनन् । मान्छेको हात बिग्रने कारणमा बढी केमिकलको प्रयोग, सूर्यको प्रकाश, पानी र साबुनको बढी प्रयोग लगायत रहेको छ ।
–    हातमा जैतुनको तेलले मालिस ग¥यो भने पनि हात मुलायम बन्छ । जैतुनको तेलमा पर्याप्त मात्रामा एन्टिअक्सिडेट्स हेल्दी फ्याटी एसिड पाइन्छ । यो एसिड हातका लागि ज्यादै राम्रो हुन्छ ।
–    नरिवलको तेलमा फ्याटी एसिडको मिश्रण हुन्छ । यसले सुख्खा छालालाई नरम बनाउने काम गर्छ ।
–    हातलाई कोमल बनाउन मिल्क क्रिम पनि प्रयोग गर्ने सकिन्छ । मिल्क क्रिममा उच्च चिल्लो पदार्थ हुन्छ । यसले नेचुरल मोस्चराइजरको काम गर्ने गर्छ ।
–    महले पनि नेचुरल मोस्चराइजरको काम गर्छ । यसमा पनि एन्टिअक्सिडेन्टको मात्रा धेरै हुन्छ । त्यसैले यसको प्रयोगले हात धेरै कोमल हुन्छ ।
–    हातलाई कोमल बनाउन एलोभेरा पनि प्रयोग गर्न सकिन्छ । यसले शरीरमा आद्रता ल्याउने काम गर्छ ।
–    यसका अलवा हातलाई दही र केराले पनि मालिस गर्न सकिन्छ । यसले पनि हात कोमल हुन्छ ।

 

Leave A Comment