गुमनाम स्यारोन

सोमबार, ०२ साउन २०७४, ०१ : १६ शुक्रवार , Kathmandu
गुमनाम स्यारोन

फिल्म रिलिज हुने बेलामा कलाकारलाई मिडियामा अन्तर्वार्ताका लागि भ्याइनभ्याइ हुन्छ । अझ, हिरोइन त झनै व्यस्त हुन्छन् । तर फिल्म ‘सायद २’ कि हिरोइन स्यारोन श्रेष्ठको भने मिडियाले राम्ररी अनुहारसम्म पनि देख्न पाएका छैनन् । त्यसो त स्यारोन नेपालमै नभएर मिडियामा नदेखिएकी भने होइनन् । निर्माताले फिल्म प्रमोसनमै नहिँडाएपछि स्यारोन आफ्नै फिल्मको प्रमोसनमा पराइ बनेकी हुन् ।
फिल्मका निर्माताले प्रमोसनमा फिल्मका हिरोइन स्योरोन र निशा कार्कीको साटो हिरोहरु सुशील श्रेष्ठ र अमृत ढुंगानालाई लिएर हिँडिरहेका छन् ।
पहिलो फिल्म कलाकारका लागि जहिले पनि विशेष हुन्छ । हिट होस् भनेर दिलोज्यानले लाग्छन् तर निर्माताको बेवास्ता हो वा उनको आफ्नै अनिच्छा, स्यारोन फिल्मको प्रमोसनमा मिडियामा सक्रिय देखिएकी छैनन् । उनको दैनिकी र फिल्मको प्रमोसन भनेकै दिनगन्तीमा राखिएका फिल्मका पोस्टर सेयर गर्नुमा सीमित रहेको छ ।

 

Leave A Comment