परी अनुष्का

सोमबार, ०२ साउन २०७४, १२ : ४३ शुक्रवार , Kathmandu
परी अनुष्का

अनुष्का शर्माको सुन्दरतासँगै उनको अभिनयको तारिफ गर्ने धेरै छन् । २००८ को डेब्यु फिल्म ‘रब ने बना दी जोडी’बाटै सबैको नजरमा परेकी उनी पछिल्लो समय आफ्नै प्रोडक्सन हाउस समेत खोलेर धमाधम फिल्म बनाउन थालेकी छन् । आमिर खान, शाहरुख खान र सलमान खानसँगै काम गरेकी उनी हालै इम्तियाज अलीको ‘जब ह्यारी मेट सेजल’मा फर्कंदैछिन् । केही दिनअघि उनले सामाजिक सञ्जालमा आफ्नो नयाँ फिल्मको पोस्टर पोस्टेकी छन् । ‘परी’ नामक उक्त फिल्मको पोस्टरमा अनुष्कालाई डरलाग्दो अवस्थामा देखिएको छ । आगामी वर्षलाई प्रदर्शन मिति तोकेको उक्त थ्रिलर फिल्मलाई प्रोसित रोयले निर्देशन गर्दैछन् भने अनुष्का आफैँ प्रोड्युसर हुनेछिन् । फिल्ममा अनुष्काको अपोजिट बंगाली स्टार परमब्रत चटर्जीलाई रोजिएको छ ।

Leave A Comment