भारतमा वाइवाइ सिटी

शनिबार, ३१ असार २०७४, १२ : ५२ शुक्रवार , Kathmandu
भारतमा वाइवाइ सिटी

भारतीय बजारमा नेपाली चाउचाउ ब्रान्ड वाइवाइको उत्पादक चौधरी ग्रुपले सुरु गरेको नुडल्स बार ‘वाइवाइ सिटी’लोकप्रिय बनेको बताइएको छ । क्विक सर्भिस रेस्टुरेन्टको अवधारणाअन्तर्गत सञ्चालनमा ल्याइएको ‘वाइवाइ सिटी’मा वाइवाइका विभिन्न परिकार उपलब्ध छन् ।
चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले भारतको अर्को सहर बंैगलोरमा वाइवाइ सिटी विस्तार भएको जानकारी गराए ।
केही समयअघि भारतको राजधानी नयाँदिल्लीमा वाइवाइ सिटी उद्घाटन गरिएको विज्ञप्तिमा उल्लेख छ । वाइवाइ सिटी भारतको नयाँदिल्ली, नोयडा, पुने र बंगलोर गरी चार सहरमा विस्तार भएको कम्पनीको दाबी छ । वाइवाइ सिटीमा चाउचाउसँग सम्बन्धित करिब दुई दर्जन परिकारको स्वाद उपभोक्ताले लिन पाएका छन् ।

Leave A Comment