मदनकृष्णको आत्मकथा आउँदै

बिहिबार, २९ असार २०७४, १२ : ३० शुक्रवार , Kathmandu
मदनकृष्णको आत्मकथा आउँदै

प्रख्यात हास्यकलाकार जोडी महका मदनकृष्ण श्रेष्ठको आत्मकथा  ‘महको म’ भदौ २० मा सावर्जनिक हुने भएको छ । कलाकार श्रेष्ठ र प्रकाशक फाइनप्रिन्टका कार्यकारी अधिकृत नीरज भारीले असार २८ मा करारमा हस्ताक्षर गरे । गायकसमेत रहेका कलाकार श्रेष्ठले भने, ‘म त साधारण मानिस । बेन्जामिन फ्र्याङ्लिन, अब्राहम लिङ्कन, महात्मा गान्धी, बीपी कोइरालाजस्तो मेरो कुनै ठूलो योगदान छैन, मेरा आत्मकथा कसले पढ्ला, मेरो जीवनमा त्यस्तो के उल्लेख्य होला भनेर सोच्थें तर पछि साथीभाइको सल्लाह, प्रेरणा, दबाबले मैले लगभग ६ वर्षअघि आफूले आत्मकथा लेख्न सुरु गरेँ ।’
श्रेष्ठ पत्नी यशोदालाई क्यान्सर भएपछि म उपचारका लागि बैङ्कक, नयाँदिल्लीजस्ता ठाउँमा पुगेका बेला पनि उनले केही पृष्ठ लेखेको बताए । पछिल्लो समय उनलाई पार्किन्सन्स नामक नशासम्बन्धी रोग लागेपछि र हात काम्न थालेपछि समयमै पुस्तक सक्न हम्मे परेको बताए ।
सहकर्मी हरिवंश आचार्यले मदनको आत्मकथालाई आफ्नो पनि आत्मकथा भएको बताए । श्रेष्ठ र पत्नी यशोदाको ४४औं विवाह वार्षिकी पारेर पुस्तक सार्वजनिक गर्न लागिएको छ ।

 

Leave A Comment