ओलिभियाको एक्सन अवतार

बिहिबार, २९ असार २०७४, १२ : २३ शुक्रवार , Kathmandu
ओलिभियाको एक्सन अवतार

अमेरिकी अभिनेत्री तथा मोडेल ओलिभिया मुन अभिनयका लागि चर्चित छिन् । छोटो समयको अन्तरालमै निकै फिल्म खेलेकी उनका ‘बिग सटान’, ‘डेट नाइट’, ‘आइरन म्यान २’, ‘राइड अलोङ २,’ ‘एक्स मेन’ चर्चित फिल्म हुन् । यतिबेला फेरि उनी ‘एक्स मेनः डार्क फोनिक्स’मा पुनः आउने अड्कलबाजी हलिउड वृत्तमा छ । अघिल्लो ‘एक्स मेन’ धेरै पात्र भएको र कथाको गहिराई नसमातेकै कारण समीक्षकहरुको नजरमा नराम्रो भए पनि बक्स अफिसमा भने गर्मागर्मी तताएको थियो । पछिल्लोमा ओलिभिया मुनको साइलोक पात्र लिड रोलमा आउने चर्चा छ । सञ्चारमाध्यममा आएका तस्बिरहरुमा उनलाई निकै नै बोल्ड र एक्सन अवतारमा देखिएको छ । फिल्म कस्तो होला ? त्यो त समयले नै बताउला ।

Leave A Comment