जन्मिदै स्टाइलिस बालक

बिहिबार, २९ असार २०७४, ११ : ५८ शुक्रवार , Kathmandu
जन्मिदै स्टाइलिस बालक

भर्खरै जन्मने बित्तिकैको एक बालकको पहिलो तस्बिर यतिबेला सामाजिक सञ्जालमा भाइरल भएको छ । ट्वीटरमा भाइरल बनेको भारतीय बालकको उक्त तस्बिर यतिबेला मेमे र ट्रोलमा निकै रुचाइएको छ र उसको ‘स्वाग’ शैलीलाई धेरैले मन पराएका छन् । फोटो हेर्दा धेरैलाई हिन्दी फिल्म ‘३ इडियट्सको’ मेरो छोरा इन्जिनियर बन्छ’ भन्ने डाइलगसँग बालकको ‘स्वाग’ मिल्ने धेरैले प्रतिक्रिया जनाएका छन् । बालकले जन्मिएको एक घन्टापछि नै टाउकोमा हात लगाएर पोज दिएको थियो र ट्वीटेहरुको ध्यान खिँचेको थियो । केहीले उक्त फोटो रजनीकान्तको जन्मिने बित्तिकैको फोटो भनेका छन् त केहीले नाना पाटेकरको भन्दै रमाइलो कमेन्ट गरेका छन् । उक्त फोटो बालकको साँच्चिकैको हो वा फोटोसप गरिएको हो भनेर खुलाइएको भने छैन ।

 

Leave A Comment