मारियालाई ब्रेन ट्युमर

मङ्गलबार, २७ असार २०७४, ०१ : ४७ शुक्रवार , Kathmandu
मारियालाई ब्रेन ट्युमर

मारिया मेनोन्सलाई ब्रेन ट्युमर भएको कुराले यतिबेला हलिउड वृत्तमा सनसनी मच्चाएको छ । सर्जरीपछि मारिया आफ्नो टेलिभिजन सोमा नफर्कनेसमेत बताइएको छ । उनका निकटका साथीका अनुसार उनी अबको समय आफ्नो जीवनलाई राम्रो बनाउनमै तल्लिन हुनेछिन् । उनी २०१५ देखि निकै नै चलेको ‘ई–न्युज’की को–एंकर थिइन् । ३९ वर्षे मारिया लामो समयदेखि टेलिभिजनका अतिरिक्त अभिनय, मोडलिङ र रेस्लिङमा राम्रो पकड जमाउन सफल थिइन् । आफू ब्रेन ट्युमरको शिकार भएको रहस्य उनले पिपुल्स म्यागेजिनमार्फत उजागर गरेकी थिइन् ।

Leave A Comment