पुरुष र कलरफुल पहिरन

मङ्गलबार, २७ असार २०७४, ०१ : ४० शुक्रवार , Kathmandu
पुरुष र कलरफुल पहिरन

स्टाइलिस लुक अब महिलाहरुमा मात्र सीमित रहेनन्, यसका लागि पुरुष पनि सजग हुन थालेका छन् ।

युवा उद्यमी, मोडेल तथा इभेन्ट अर्गनाइजर विशाल गुरुङ हरेक अफिसियल पार्टीमा सुटसँग गाढा रङका सर्टहरु लगाउने गर्छन् । उनी गाढा रङमा मिल्दो टाई लगाउन छुटाउँदैनन् । यो उनको फेसनको रुचिमा पर्ने गर्छ । उनलाई सधैँ चिटिक्क भएर हिँड्न मनपर्छ । त्यसमा पनि कलरफुल पहिरन उनको रोज्जा पक्ष हो ।
मोडेल एवं नायक विमलेश अधिकारी पनि कलरफुल पहिरनमा शोख राख्ने मध्येमा पर्छन् । आफूले अभिनय गर्ने म्युजिक भिडियोहरुमा उनी कलरफुल पहिरन प्रयोग गर्ने गर्छन् । स्क्रिनमा चम्किला रङहरु राम्रो पनि देखिने र आफूलाई सुहाउने भएकाले उनले चम्किला रङका पहिरनहरु प्रयोग गर्ने गरेको बताए ।
त्यस्तै फेसनेवल पप गायक धिरज राई आफ्नो हरेक स्टेज प्रोगाममा चम्किला रङका आउटफिटमा आफूलाई प्रस्तुत गर्न रुचाउँछन् । ‘स्टेजमा प्रस्तुत हुँदा ब्राइट कलर्स बढी नोटिस हुने भएकोले म प्रायः ब्राइट कलर्सको आउटफिट प्रयोग गर्ने गर्छु,’ गायक राई बताउँछन् ।
जसले जेका लागि प्रयोग गरे पनि ब्राइट कलर अहिलेको एउटा फेसन ट्रेन्डमा नै पर्ने गर्छ । धेरैजसो पुरुष आकर्षक एवं ट्रेन्डी लुक पाउनका लागि नै ब्राइट आउटफिट प्रयोग गर्ने गरेको डिजाइनर मञ्जु बन्जारा ढकाल बताउँछिन् । ‘मेरोमा जति पनि सेलिब्रेटी आउँछन्, उनीहरु आकर्षक एवं फेसनेबल देखिन नै ब्राइट कलरका पोशाक बनाउने गरेको पाएँ,’ चम्किला रङको महŒव पछिल्ला दिनमा बढेको देखाउँदै मञ्जु बताउँछिन् ।
फेसनप्रति थोरै मात्र चासो हुने युवाहरु नै ब्राइट कलरका पहिरनमा बढी क्रेजी भएको पाइएको छ । जसमा ग्ल्यामर क्षेत्रमा रम्ने कलाकार एवं मोडेलहरु पर्ने गर्छन् । उनीहरु फोटो सेसन, फिल्म, म्युजिक भिडियो, फेसन सो एवं अन्य समारोमा ब्राइट कलरका पहिरन प्रयोग गर्ने गर्छन् । त्यसबाहेक अन्य क्षेत्रसँग सम्बन्धित पुरुष पनि ब्राइट कलरबाट अछुतो भने छैनन् । भिडमा चाँडै देखिने, मान्छेले ख्याल गर्ने तथा आकर्षक पनि देखिने हुनाले फेसनेबल युवामाझ दिनप्रति दिन चम्किला पहिरनको मोह बढ्दै गएको हो ।
अहिले चलेका ब्राइट कलरहरु
–    मजेन्डा
–    सी ग्रीन
–    पिंक
–    टरक्वाईज ब्लु
–    रेड
–    नेबी ब्लु
–    एल्लो
–    फ्लेम अरेन्ज
–    पेरोट ग्रीन
–    गोल्डेन
चम्किला रङ प्रयोग गर्न चाहने पुरुषले कुन रङसँग म्याच गर्ने ?
–    ब्ल्याक कलरको सुटमा पिंक, मजेन्डा एवं रेड कलरको सर्ट म्याच हुन्छ ।
–    ब्राइट कलरका टिसर्टहरु (एल्लो, टरक्वाइज ब्लु, पर्पल, रेड)हरु नीलो जिन्समा प्रयोग गर्न सकिन्छ ।
–    डार्क ब्राउन सुटमा क्रिम, पिच एवं लेमन कलरको सर्ट पर्फेक्ट मानिन्छ ।
–    ह्वाइट कटन समर पेन्टमा माथिबाट सि ग्रीन, स्काई ब्लु एवं पिंक कलरका सर्ट एवं लुज कुर्ता प्रयोग गर्नाले राम्रो देखिन्छ ।
–    ब्राइट पर्पल र रेड स्ट्राइप फुल लेन्थ एवं हाफ लेन्थ शर्टमा ब्ल्याक पेन्ट राम्रो देखिन्छ ।
–    स्काई ब्लु, लेमन ग्रीन, पिंक आदि टिसर्टसँग लाइट ब्राउन एवं ग्रे कलरको क्वाटर पेन्ट प्रयोग गर्न सकिन्छ ।

प्रस्तुति : जयन सुब्बा मानन्धर

 

Leave A Comment