तृष्णालाई वान्स मोर

सोमबार, २६ असार २०७४, ०३ : ४५ शुक्रवार , Kathmandu
तृष्णालाई वान्स मोर

युवामाझ चर्चित गायिका तृष्णा गुरुङ यस पटक धरानमा गाउन आइपुगिन् । धरान इन्टरनेसनल कलेज अफ होटल म्यानेजमेन्टले आयोजना गरेको मेगा फुड फेस्टिभलको अवसरमा धरान आइपुगेकी तृष्णाले ‘खानी ओ यामू ए कान्छा’ गाउँदा सँगै गाएर साथ दिएका दर्शकश्रोताले वान्स मोर भन्दै फेरि गाउन आग्रह गरे ।

फेस्टिभलमा आधा दर्जन गीत प्रस्तुत गरेकी तृष्णालाई ब्याक अप ब्यान्डमा द आउट साइडरले साथ दियो । आउट साइडरको प्रस्तुतिले पनि स्थानीय दर्शकलाई मनोरञ्जन प्रदान ग¥यो । कार्यक्रममा कलेजका विद्यार्थीको फेसन सो र नृत्यले पनि आकर्षण थपे । धरानका विभिन्न क्षेत्रका दर्शकहरुको बाक्लो उपस्थितिले सैनिक भवन भरिएको थियो । कलेजका विद्यार्थीहरुको खाना कलासँगै मनोरञ्जन प्रदान गर्न यस्तो फेस्टिभल आयोजना गरिएको कलेजका निर्देशक लोकेन्द्र श्रेष्ठले बताए ।

Leave A Comment