घरको छत सडक बनेपछि

सोमबार, २६ असार २०७४, ०३ : २८ शुक्रवार , Kathmandu
घरको छत सडक बनेपछि

चीनको एक पाँच तले घर यतिबेला सामाजिक सञ्जालमा भाइरल बनेको छ । चिनिया सहर चोंगकिंगमा रहेको उक्त घरको छत कार चल्ने सडक बन्न पुगेको छ । तस्बिरमा छत माथिको सडकमा सवारी सहजै आवत जावत गरेको देख्न पाइन्छ । यतिबेला उक्त घरमाथि दुई लेनको सार्वजनिक सडक बनेको छ । सडको छेऊछाऊमा रुख विरुबा र केही पसलहरु पनि छन् । सोही घरको भुईं तल्लामा भने सपिङ शोरुम छन् । केही तलामा भने कार पार्किङ गरिएको छ । जनसंख्या निकै रहेको भिडभाडयुक्त चीनमा हिजोआज यो र यस्ता रमाइला कुराहरु हुनु सामान्यजस्तै भएको छ ।

 

Leave A Comment