दोस्रो सन्ताको प्रतीक्षा

सोमबार, २६ असार २०७४, ०३ : १७ शुक्रवार , Kathmandu
दोस्रो सन्ताको प्रतीक्षा

साहिद कपुरकी पत्नी मीरा राजपुत साहिदको नामसँग जोडिएर विवाह अघिदेखि नै मिडियाको निगरानीमा रहँदै आएकी थिइन् । पछिल्लो समय छोरी मिशा जन्मिएपछि पनि यो परम्परा रोकिएको छैन । टिभी कार्यक्रम ‘कफी विद करन’को एक शृंखलामा पनि मीरालाई आफू आमा हुनुको अनुभवबारे सोधिएको थियो । केही समयअघि मिडियासँगको अन्तक्र्रियामा मीराले आफू सुरुवाती दिनमा असहज भए पनि मिडियासँग रत्तिएको बताएकी छन् । उनले फिल्मी क्षेत्रमा लाग्ने कुनै योजना नभए पनि खानेकुरा र जीवनशैलीका बारेमा बन्ने सिर्जनात्मक काममा लाग्ने बताइन् । पछि उनलाई पत्रकारले फिल्मी क्षेत्रकै बारेमा प्रश्न तेर्स्याए तर उनले सबैलाई रोक्दै आफूहरु दोस्रो सन्तान चाहेको बताइन् । भनिन्, ‘म अर्को सन्तानको पर्खाइमा छु । मिसाका लागि खेल्ने साथी पनि चाहिएको छ । फिल्मी क्षेत्रमा लाग्ने÷नलाग्ने त्यसपछि नै थाहा हुनेछ ।

Leave A Comment