‘बाबुकान्छा’को फष्र्टलुक

आइतबार, २५ असार २०७४, ०३ : ४५ शुक्रवार , Kathmandu
‘बाबुकान्छा’को फष्र्टलुक

फिल्म ‘बाबुकान्छा’ आगामी मंसिर १५ गते रिलिज हुने भएको छ । फिल्मको फष्र्टलुक सार्वजनिक गर्ने क्रममा रिलिज मिति घोषणा गरिएको हो । शोभित बस्नेत निर्देशित ‘बाबुकान्छा’ को छायांकन सकेर फिल्म युनिट गत आइतबार मात्र काठमाडौं फर्किएको हो । शोभितकै निर्माण र लेखन रहेको फिल्मको ७० प्रतिशत छायांकन सकिएको छ ।
फिल्मका नायक सलोन बस्नेत अवार्ड कार्यक्रममा सहभागी हुन लन्डन गएकाले छायांकन रोकिएको हो । ‘सलोन आएपछि बाँकी छायांकन हुनेछ,’ शोभितले भने, ‘फिल्मको एउटा गीत छायांकन गर्न साउन दोस्रो हप्ता दुबई जाने कार्यक्रम छ ।’
फिल्ममा करिश्मा श्रेष्ठ, नीर शाह, सरोज खनाल, राजाराम पौडेल, लय संग्रौला, रितिक शाही, सम्राट सापकोटा, मञ्जु पौडेल, गीता अधिकारी, रामेश्वर रिजाल, शुशान्त श्रेष्ठ, विक्रम कँडेलको अभिनय छ । फिल्मबाट अश्लिन ज्ञवाली र ज्योत्सना महर्जनले डेब्यु गरेका छन् ।
रवि अधिकारी कार्यकारी निर्माता रहेको फिल्ममा सन्तोषराज भण्डारी र सुरज घिमिरे सह–निर्माता छन् । फिल्ममा बाबु श्रेष्ठको छायांकन, कविराज गहतराज र दीपेन्द्र तिमिल्सेनाको कोरियोग्राफी तथा टंक बुढाथोकी र अल्मोडाको संगीत छ ।

 

Leave A Comment