नङको सफाई

आइतबार, २५ असार २०७४, ०२ : १४ शुक्रवार , Kathmandu
नङको सफाई

महिलाहरुको सौन्दर्यमा नङको भूमिकाको कुरै नगरौँ । यसबारे सबैलाई जानकारी नभएको सायदै कोही होला । कसैसँग भेट हुनेबित्तिकै मानिसको अनुहारपछि नङको ख्याल बढी गरिन्छ । त्यसैले नङलाई सधैँ सफा राख्नुपर्छ । महिलाको सौन्दर्यमा नङले महŒवपूर्ण भूमिका हुन्छ । साथै, नङ अस्वस्थकर तथा फोहोरी छ भने मानिसको स्वास्थ्यलाई खराबी गर्ने त भइहाल्यो, नङ पाल्ने रहर भएकाहरुलाई यसले क्षति पु¥याउँछ ।
मिलाएर काट्नेः
हप्तामा एक वा दुई पटक नङ मिलाएर काट्नु पर्छ । फोहोर बस्न दिनु हुँदैन । नङ मिलाउँदा एकै दिशाबाट मिलाउने गर्नुपर्छ । यदि तपाईंसँग नङ काट्ने र मिलाउने साधन छ भने त्यसको पनि प्रयोग गर्न सकिन्छ ।
तेलमा भिजाउनेः
नङ मिलाउनुअघि यसलाई राम्रोसँग भिजाउनुस्  । नङलाई करिब दस मिनेटसम्म तेलको कचौरामा भिजाउनुस् । सम्भव भएसम्म ओलिभ अर्थात जैतुनको तेलमा भिजाउनुस् । यसपछि कचौरामा अलिकति नून र मन तातो पानी पनि मिसाउनुस् । यसपछि फेरि नून मिलाइएको मनतातो पानीमा नङहरु भिजाउनुस् । यस प्रक्रियाले नङलाई मजबुत बनाउनुका साथै स्वस्थ पनि बनाउँछ ।
पोलिस लगाउनेः
यसपछि मात्र नङ पोलिस लगाउनुस् । नङमा पोलिस लगाउँदा सफा र स्पष्ट देखिने लगाउनुस् । तपाईंका नङ निकै लामा छन् भने नङलाई कडा र बलियो बनाउन नङको टुप्पामुनि पोलिस लगाउन नछुटाउनुस् ।
खानपिनमा ध्यानः
तपाईंका नङ केराटिन नामक प्रोटिनबाट बन्ने गर्छ । कपाल तथा छालाको हेरचाहमा जसरी खानपिनको महत्वपूर्ण भूमिका हुन्छ, सोही अनुपातमा नङका लागि पनि उपयुक्त खाना लिनुपर्छ । भिटामिन इ, बायोटिन तथा माछाको तेलका साथै प्रोटिन बढी मात्रामा पाइने खाद्य पदार्थहरु सिमी, माछा तथा काजु बदाम नियमित रुपमा खानु पर्छ । यी सबै कुराको मिलनबाट बलियो तथा सफा नङ बनाउन सकिन्छ ।

Leave A Comment