गाउँगाउँमा लागू औषधको दलदल

आइतबार, २५ असार २०७४, १२ : ४३ शुक्रवार , Kathmandu
गाउँगाउँमा लागू औषधको दलदल

गाउँगाउँमा सवारी पहुँच, बजारीकरणसँगै लागू औषधको जालो फैलँदो छ । सिरहाको झाझपट्टिदेखि काठमाडौं मात्रै होइन ओखलढुंगा, उदयपुरजस्ता जिल्लाका सहरोन्मुख गाउँमा पनि लागू औषधको प्रयोग बढिरहेको छ । तीन ‘स’ अर्थात् सुलभता, संगत र सिकोका कारण युवापुस्ता लागू औषधको डरलाग्दो भुमरीमा फँसिरहेका छन् । ललितपुरबाट दीपक खरेल, धरानबाट गोपाल दाहाल र सिरहाबाट मिथिलेश यादवले लागू औषध कारोबारको भित्री पाटो मात्रै खोतलेका छैनन्, यसबाट बच्ने उपाय पनि सुझाएका छन् ।

गाउँ छिर्यो लागू औषध
धरान कुनै बेला ‘दुव्र्यसनीको सहर’का रुपमा बदनाम थियो । संघसंस्था, प्रहरी प्रशासन र समाजसेवीको अहोरात्र प्रयासले धरानमा लागू औषध प्रयोगकर्ता घट्दै गएको तथ्याङ्कमा देखिन्छ । फेमिली हेल्थ इन्टरनेसनल संस्थाले सन् २००१ मा गरेको अध्ययनमा धरानमा पाँच हजार लागू औषध प्रयोगकर्ता रहेको देखिएको थियो । सन् २००६ मा भएको अध्ययनले तीन हजार मात्र रहेको तथ्याङ्क सार्वजनिक ग¥यो । त्यसपछि अध्ययन भएको छैन तर दुई दसकदेखि यस क्षेत्रमा काम गरिरहेको संस्था पुनर्जीवन केन्द्रका विजय लिम्बु अहिले दुई हजारको हाराहारीमा लागू औषध प्रयोगकर्ता हुन सक्ने बताउँछन् ।
सहरी क्षेत्रमा प्रहरी र समुदायको सक्रियताले घट्दै गए पनि भर्खर सहरोन्मुख गाउँमा लागू औषध प्रयोगकर्ता फैलिँदै गएका छन् । यसले पूर्वका गाउँ र पहाडी भेगमा ठूलो समस्या निम्त्याउन थालेको छ । पुनर्जीवनकै तथ्याङ्कअनुसार मोरङको राजमार्ग क्षेत्रमा मात्र दुई हजार प्रयोगकर्ता छन् । उच्च माविमा अध्ययन गर्ने विद्यार्थी बढी मात्रामा लागू औषध प्रयोग गर्नेमा पर्छन् । प्रहरीका अनुसार पछिल्लो समय पूर्वका धरान नजिकका नहडा, चक्रघटी, इटहरी, विराटगर, दमक, बिर्तामोड लगायतका बजारमा झापाको काँकडभिट्टा, मोरङको जोगवनी र सुनसरीको भन्टाबारी नाकाहुँदै भारतीय बजारबाट फेन्सिडल, कोरेक्स, नाइट्रोजन, डाइजेपामजस्ता लागू औषध भित्रिने गरेका छन् । पूर्वका अधिकांश लागू औषध प्रयोगकर्ताले फेन्सिडल खाने र सिरिन्ज हान्ने गर्छन् । धरान नजिकैका गाउँहरुसँगै पहाडी जिल्लामा समेत लागू औषध प्रयोगकर्ता बढिरहेका छन् ।

धरानमा मुख्यगरी भारतको जोगवनी र भन्टाबारीबाट लागू औषध ल्याएर बेच्नेहरु बढी छन् भने धनकुटाको छिन्ताङमा गाँजाको ठूलो कारोबार हुने गरेको छ । प्रहरीले पटकपटक पहाडबाट आउने गाँजा, भारतबाट आउने कोरेक्स, नाइट्रोजन, ब्राउनसुगरजस्ता लागूऔषध पक्राउ गर्ने गरेको छ । धरानमा लागू औषध प्रयोगकर्ता पक्राउ परे पनि प्रहरीले अभिभावकको जिम्मा लगाउने र पुनस्र्थापना केन्द्र पठाउने गरेको छ । कारोबारीलाई कानुनी कारबाही गर्ने गरेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी डकेन्द्र खतिवडा बताउँछन् । सुरुमा साथीको संगतले दुव्र्यसनमा लागेका प्रयोगकर्ताहरु बिस्तारै आफैँ यसका कारोबारी तथा डिलर बन्ने गरेका छन् । लागू औषध प्रयोगकर्तालाई सुधार्ने भनेर खुलेका अधिकांश पुनस्र्थापना केन्द्र पनि प्रभावकारी देखिएका छैनन् । मापदण्ड पूरा नगरी खुलेका यस्ता केन्द्रहरुले उल्टै लागू औषध प्रयोगकर्ता बढाइरहेको आरोप पनि लाग्ने गरेको छ ।

कारोबारीहरुले तेलको जर्किन, माछा, पान, गाडीका विभिन्न भाग र खाद्यान्नका बोराभित्र लुकाएर लागू औषध ओसारपोसार गर्ने गरेका छन् ।
काठमाडौँबाहिर धरानमा पहिलो पटक २०५२ सालमा लागू औषध नियन्त्रणसम्बन्धी काम सुरु भएको थियो । त्यसैबेला सुनसरी जिल्लाको एसपी भएर आएका चुडाबहादुर श्रेष्ठको सक्रियतामा सुधार केन्द्र चलाउने योजना बन्यो । प्रहरीले सुरक्षा दिने, नगरपालिकाले कोठा भाडा तिर्ने र पुनर्जीवन केन्द्रले जनशक्ति उपलब्ध गराउने भएपछि सुधार केन्द्र सुरु भएको हो । अहिले धरानमा तीन वटा सुधार केन्द्र छन्, इटहरी, विराटनगर, दमकलगायत सहरमा २० को हाराहारीमा सुधार केन्द्रहरु छन् । अधिकांश सुधार केन्द्रले सरकारले तोकेको मापदण्ड पूरा गरेका छैनन् । सरकारी अनुगमन नहुँदा सुधार केन्द्र कमाई खाने भाँडो मात्र बनेको स्थानीयको आरोप छ ।
लागू औषधको सुरुवात
हुन त नेपालमा पहिलादेखि नै गाँजा तान्ने जोगीहरु थिए तर त्यसबेला गाँजालाई लागू पदार्थका रुपमा लिने चलन थिए । सन् १९६० को दशकमा हिप्पीहरुसँगै नेपालमा लागू औषध समस्याले प्रवेश ग¥यो । उनीहरुले ल्याएका लागू औषध नेपालीहरुले पनि प्रयोग गर्न सिके । लागू औषधसम्बन्धी पहिलो पटक अनुसन्धान गर्ने फादर ग्याफ्नेका अनुसार सन् १९७८ मा ५० जना लागू औषध प्रयोगकर्ता थिए । तीन वर्षभित्रै प्रयोगकर्ताको संख्या एक हजार पुग्यो । सन् १९८८ मा २५ हजार पुगेका प्रयोगकर्ता २००१ मा आईपुग्दा ४० हजारभन्दा बढी भए । गृह मन्त्रालयले गरेको सर्भेक्षण प्रतिवेदन अनुसार नेपालमा ८५ हजार २ सय ४ पुरुÈ र ६ हजार ३ सय ३० जना महिला गरी लागू औÈध प्रयोग गर्नेको जम्मा संख्या ९१ हजार ५ सय ३४ छ ।
कोलर नामका जर्मनीका नेत्र चिकित्सकले सन् १९४८ मा कोकिनको प्रशोधन गरी चिकित्सा क्षेत्रमा प्रयोग गरेका थिए । खानी तथा सुरुङमा काम गर्ने दक्षिण अमेरिकाका कामदार पीडा र खतरा बिर्सिन कोकाको पात चपाएर काममा जाने गर्थे । त्यसो त तत्कालिन ब्रिटिस भारतमा भएका बेला उनीहरुका सैनिकले अफिम प्रयोग गर्थे । ब्रिटिसले चीनमा अफिमको व्यापार गरेपछि त्यसविरुद्ध चीनले अफिम युद्ध गरेको थियो । अमेरिकाको आपराधिक समूह माफियाले सन् १९३० को दशकमा ग्रालीको कोसोनास्ट्रो समूहसँग मिलेर अमेरिका र युरोपमा हेरोइनको व्यापार गरेको थियो । भारत, नेपालमा पहिलादेखि नै जोगीहरुले गाँजा तान्ने गरेको पाइन्छ । विद्वान अडसवसनले भने हजारौं वर्षअघि मानव सभ्यता सुरु नभई नै लागू पदार्थको प्रयोग हुने गरेको उल्लेख गरेका छन् ।
दुव्र्यसनको उपचार
लागू औषध प्रयोग गर्नु कानुनअनुसार अपराध हो तर विश्व स्वास्थ्य संगठनले यसलाई रोग भनेर परिभाषित गरेको छ । नेपालको कानुनले त लागू औषध प्रयोगकर्तालाई अनुसन्धानका लागि नै ९० दिनसम्म थुनामा राख्न पाउँछ । यो ज्यानमारालाई भन्दा बढी समय हो ।
सानैदेखि नकारात्मक कुरामा ध्यान दिने, मांसाहारी, रेस्लिङजस्ता खेल मन पराउने, मनोरञ्जन, विलासिता मन पराउने, ढाँट्ने, छल्ने र सानो कुरामा बढी खुसी वा बढी दुखी हुनेहरु लागू औषधमा फँस्ने लागू औषध छाडेर सामान्य जीवन बिताइरहेका धरानका दिनेश राईको अनुभव छ । उनले आमाबाबुले घरमा कपडा धुँदा गोजीमा चुरोटका ठुटा छन् कि भनेर जाँच्नु पर्ने र स्कुलमा पनि शिक्षकले याद गर्नुपर्ने सुझाव दिन्छन् । उनी भन्छन्, ‘सबैभन्दा महत्वपूर्ण कुरा युवाहरुलाई यो खराब हो भन्ने चेतना दिन सक्नु पर्छ । त्यसमा परिवारको महत्वपूर्ण हात हुन्छ ।’
लागू औषध नियन्त्रणका क्षेत्रमा दुई दसकदेखि काम गरिरहेका कमल तिगेला बेरोजगारी, पारिवारिक तनाव, बढी उत्साह जस्ता भावनात्मक विचलनले युवाहरु दुव्र्यसनमा फँस्ने गरेको बताउँछन् । फँसिसकेपछि शारीरिक, मानसिक, सामाजिक र पारिवारिक समस्या सुरु हुन्छ । यही कारणले ब्रोङकाइटिस, हेपाटाइटिस बि, सि देखि एचआइभी एड्ससम्म हुनसक्छ । सुधार केन्द्रहरुमा ९० दिनको उपचार कोर्स हुन्छ । त्यसमा पाँच दिन शारीरिक र ८५ दिन मनोसामाजिक उपचार गरिन्छ । तिगेला भन्छन्, ‘भर्खर गाँजा, गोटीसम्म खाने त सुधार केन्द्र नबसे पनि ठीक हुन सक्छन् ।’


बर्सेनि एक लाख एम्पुलको खपत

दीपक खरेल
प्रहरीले माघ २१ गते ललितपुरको पुल्चोक क्षेत्रबाट पक्राउ गरेका कृतन लामा र सरोज शिवभक्ति मुस्किलले बोलिरहेका थिए । बोल्दा शब्द काँपिरहेका थिए । हातखुट्टा लगलग काम्दै थियो । हात र खुट्टामा बारम्बार सुईले घोचेका निशान प्रस्टै देखिन्थ्यो । डाइजापाम, नुफिन, लोकोजेसिक, एभिल फेनारगन, नाइट्राजेपाम ट्याब्लेटजस्ता औषधिजन्य लागू औषध मिसाएर दैनिक चार मिलिलिटरसम्म शरीरमा लगाउँदै आएका लामा र शिवभक्ति प्रयोगकर्ता र कारोबारी दुवै हुन् । दुवैले गाँजाबाट लागू औषध सेवन सुरु गरेको र अहिले भने विभिन्न मनोद्दिपक औषधि मिश्रण गरी नशामा खोप्ने गरेका छन् ।
काठमाडौँका विभिन्न प्रहरी युनिटले वार्षिक एक लाख हाराहारीमा लागू औषधका एम्पुल बरामद गर्छन् । उपत्यकाका तीन जिल्लासहित काभ्रे र सिन्धुपाल्चोकसम्म खपत हुने उक्त परिमाणले उपत्यकामा सुईबाट लिइने लागू औषधका प्रयोगकर्ता बढ्दै गएको देखाउँछ । लागू औषध नियन्त्रण ब्युरोले वैशाखसम्म मात्र ४७ हजार थान औषधिजन्य लागू औषधका एम्पुल बरामद गरेको छ । ब्युरो बाहेकका प्रहरी युनिटले समेत उल्लेख्य एम्पुल बरामद गर्दैआएका छन् ।
सरकारले सार्वजनिक गरेको आधिकारिक तथ्यांकअनुसार काठमाडौँ उपत्यकामा ३६ हजार नौ सय ९८ कडा प्रकारका लागू औषध प्रयोगकर्ता छन् । जसमा महिला तीन हजार चार सय ८५ छन् । गृह मन्त्रालयको लागू औषध नियन्त्रण कार्यालयले वि.सं. २०६९ मा सार्वजनिक गरेको सो तथ्यांकले देशभर ९१ हजार लागू औषध प्रयोगकर्ता रहेको देखाउँछ । उपत्यकामा वि.सं. २०६३ मा १७ हजार चार सय ५६ प्रयोगकर्ता थिए । त्यसबेला देशभर जम्मा ४६ हजार तीन सय नौ जना प्रयोगकर्ता रहेको सरकारी तथ्यांक छ ।
ब्युरोका एसएसपी गणेश केसीले बरामदी परिमाणले हेरोइन र एम्पुलका प्रयोगकर्ता राजधानीमा अत्याधिक रहेको बताए । ‘आर्थिक हिसाबले सस्तो र विक्रेताको संख्या अधिक भएर होला, सुईबाट लागू औषध प्रयोगकर्ताको संख्या बढेको छ,’ केसीले भने ।
गृह मन्त्रालयका अनुसार नेपालमा १७ देखि ४५ वर्षसम्म र अपवादका रुपमा ६५ वर्ष उमेरसम्मका नियमित लागू औषध प्रयोगकर्ता छन् । गृहको सर्भेक्षणमा अधिकांशले पहिलो पटक १७ वर्षमा लागू औषध सेवन गरेको बताएका छन् । जसमा निरक्षर एकल जीवनमा रहेका ६५ प्रतिशत, भर्खरै विवाह गरेका २९ प्रतिशत, एकल ०.४ प्रतिशत र छोडपत्र गरेका ५.४ चार प्रतिशत छन् । शैक्षिक हिसाबले अशिक्षितभन्दा कामकाजी व्यक्ति लागू औषध प्रयोगकर्ता बढी छन् । सबैभन्दा बढी ६ देखि १० कक्षासम्म पढेका व्यक्ति कुलतमा फँसेका छन् ।
ड्ड    लागू औषध प्रयोगकर्ताले आफ्ना साथीमाझ र विक्रेताका लागि फरक भाषा प्रयोग गर्छन् । प्रयोगकर्तामाझ खैरो हेरोइनलाई धुलो, सामान र माखा, एम्पुललाई पानी र ग्लुकोज तथा विक्रेतालाई डिलर, घैँटे, साहु र साथीजस्ता शब्दावली प्रयोग गर्छन् ।

तीन ‘स’ ले बर्बाद हुँदै नयाँ पुस्ता
उनको उमेर ३२ वर्ष भयो । १४ वर्षकै उमेरमा उनले रक्सौलमा अश्लील चलचित्र र नाइट्रोभेटसँग सम्बन्ध गाँसे । त्यसबेला विद्यालयबाट एउटा ठूलो समूह रक्सौल जान्थ्यो । बिहान ९ बजे विद्यालयका लागि निस्किएर उनीहरु सिधै रक्सौल जान्थे । रक्सौलका औषधि पसलमा खुलेआम पाइने नाइट्रोभेट केही गोटी मुखमा हाल्यो, केही खल्तीमा । नशामा अश्लील चलचित्र हे¥यो । झुल्दै फर्कियो ।
वीरगञ्जका अजितम पाण्डेको लागू औषधसँगको मित्रता नाइट्रोभेटमा सीमित रहेन । कडा खोकीको औषधि कोरेक्ससँगै गोटी पनि साथी बन्यो । एक वर्ष नपुग्दै ब्राउन सुगर ( खैरो हेरोइन) पनि थपियो र यो क्रम निकै वर्ष चल्यो । यसबीच उनको शरीर निकै कमजोर, व्यवहार रुखो र दिनचर्या अस्तव्यस्त भयो । जीवनको रंगीन अल्लारे दिन कतिबेला आयो, गयो उनले पत्तोसमेत पाएनन् ।
‘घरमा कसैले सोधे खेलेर, पढेर वा गर्मीले भनिदिन्थे किनभने दुव्र्यसनमा फँसेका युवासँग बहानाको कुनै कमी हुँदैन,’ हाल वीरगञ्ज र जनकपुरमा रहेको सानो पाइला पुनस्र्थापना केन्द्रका संयोजक पाण्डे विगत सम्झन्छन् । अजितम पछि सुईबाट लागू औषध लिन थाले । पछि त शरीरमा सुई लगाउने ठाउँ र भेनसमेत अभाव हुन थाल्यो । यसपछि परिवारले उनलाई चितवनस्थित एउटा पुनस्र्थापना केन्द्रमा राखियो । सुधार गृहपछि उनी रौतहट गए, विवाह गरे र व्यापारमा रमाउन थाले । लागू औषध छोडे पनि मदिराको लतले छोप्यो । मदिराका कारण उनलाई फौजदारी अभियोग लाग्यो । १९ महिना गौर कारागारमा बिताएर वीरगञ्ज फर्किएका अजितम पुनः मदिराकै लतमा फँसे । वि.सं. २०६९ मा उनी पुनः सानो पाइला सामुदायिक पुनस्र्थापना केन्द्रमा भर्ना भए ।
‘तीन वर्ष पूरा भयो म पुनः जन्मिएको,’ पाण्डेले भने, ‘अहिले म केन्द्रमा आउने र सुरुवातमा कुलतमा फँसेका युवालाई आफूले भोगेको कष्टबाट बचाउने प्रयास गर्दैछु ।’ सानो पाइला स्थापनाको १० वर्षमा पर्सा, बारा, सर्लाही, धनुषा, महोत्तरी, रौतहट, सिरहा, उदयपुर, सिन्धुली, मकवानपुर र सप्तरीका करिब एक हजार युवालाई पुनस्र्थापित गरेको छ ।
लागू औषध र मदिराका कारण जीवनका महŒवपूर्ण १५ वर्ष गुमाएका अजितम यसबाट बच्ने प्रमुख उपाय परिवार र साथीभाइको पहरेदारी भएको बताउँछन् । परिवार, विद्यालय र समूहका सदस्यको व्यवहार एकाएक फेरिए होसियार हुनुपर्ने धारणा राख्छन् । ‘एक वा दुई पटक लागू औषध चाखेको मान्छे कुलतमा फँस्ने सम्भावना निकै बढी हुन्छ, र पहिलो पटकको व्यवहारबाटै परिवार र विद्यालय चनाखो हुनुपर्छ,’ पाण्डेले भने ।
परिवार र विद्यालयले युवाको व्यवहार फेरिएको सबैभन्दा पहिला चाल पाउँछन् । उनीहरुले थाहा पाउन ढिला भयो भने युवालाई लागू औषध दुव्र्यसनबाट फर्काउन गाह्रो हुने पाण्डेको कथन छ । ‘सामान्य कुराहरुमा ध्यान नदिँदा परिवारको सदस्य कुलतमा फँसिसकेको हुन्छ, आँखा रातो किन भयो ? कसरी र कहाँ भयो ? जस्ता सवालजवाफ हुनुपर्छ, झुट बोलेको भए चनाखो हुनु पर्छ,’  पाण्डेको सुझाव छ ।
तीन ‘स’ ले बर्बाद नयाँ पुस्ता
डेढ दसक बढी समयदेखि लागुऔषध र दुव्र्यसनको क्षेत्रका शोधकर्ता लक्षिन्द्र महर्जन सुलभता, सिको र समूहका कारण बालबालिका तथा नवयुवायुवती दुव्र्यसनमा फँस्ने गरेको बताउँछन् ।
सन् २००१ बाट यसै विषयमा अध्ययनअनुसन्धान गरिरहेका लक्षिन्द्र स्कुल र कलेजमा साथीभाइको सिको गर्दा दुव्र्यसनमा फँस्ने समस्यामा कुनै फरक नआएको बताउँछन् । चुरोट खाँदा स्मार्ट भनेर प्रशंसा गर्दा दुव्र्यसन सुरु हुने उनको धारणा छ ।
गाँजापछि सुलभ र सहज रुपमा उपलब्ध हुने भएकाले कडा लागू औषधको समस्या देशभर फैलिएको हो । नयाँ प्रयोगमा ठूलो जोखिम उठाउन तयार रहने नयाँ पुस्ता, लागू औषधका सकारात्मकभन्दा नकारात्मक जानकारी बढी राख्ने भएकाले दुव्र्यसनमा फँस्नेको संख्या बढेको अनुभव लक्षिन्द्रको छ ।
जोगिन र जोगाउन जरुरी
लागू औषधको एक पटक प्रयोग दुव्र्यसन यात्राको सुरुवातका लागि पर्याप्त हुने अनुसन्धानमा देखिएको छ । प्रयोगकर्तालाई जोगाउनुभन्दा उसलाई अपहेलना गर्ने समाजका कारण प्रयोगकर्ताको संख्या बढेको हो ।
लागू औषधबाट जोगिन के गर्ने ? बालबालिका तथा युवायुवतीलाई पर्याप्त जानकारी पाउने संयन्त्रको आवश्यकता देख्छन् लक्षिन्द्र । यस्तै दुव्र्यसनको सुरुवातमा रहेकालाई गोप्य तथा उचित परामर्शदाता र फँसिसकेकाका लागि उचित उपचार आवश्यक रहेको छ ।
‘विद्यालयमै गोपनीयता राखेर परामर्श दिन आवश्यक छ,’ महर्जनले भने, ‘यस्तै उपचारलाई समेत गोप्य र सुलभ बनाउन जरुरी छ ।’
दुव्र्यसनमा फँसेको कसरी थाहा पाउने ?
नियमित बानी व्यवहारमा देखिने एकाएक परिवर्तन हुनु ।
नियमित पैसाको आवश्यकता देखाइरहनु, परिवार र साथीभाइसँग पैसा मागिरहनु ।
शारीरिक रुपमा कमजोर हुनु, झोक्राउनु, टोलाउनु आँखा लठ्ठ हुनु र चाँडै रिसाउनु झोँक्किनु ।
अध्ययनमा कमजोर हुनु, कक्षा छाड्नु, विद्यालय र कलेजमा नियमित नजानु ।
नियमित खानपिन छोडनु, आफुलाई अस्तव्यस्त राख्नु र राति अबेरसम्म बस्नु ।
घरबाट लामो समय सम्पर्कबाहिर रहनु, शौचालयमा बढी समय लगाउनु, लागू औषध बेचबिखन हुने स्थानमा बारम्बार भेटिनु ।
हात, खुट्टा, तिघ्रा र गोप्य अंगमा स–साना घाउ देखिनु । घाउ खटिरा र चोटपटक लागे चाँडो निको नहुनु ।
औषधिका विषयमा अधिक चासो र जानकारी राख्नु ।
लागू औषधबाट कसरी जोगाउने ?
सन्तान र साथीभाइको दिनचर्या, गतिविधि र अध्ययनका विषयमा जानकारी राख्ने ।
सन्तानको आवश्यकता, साथीसंगति र रहनसहनमा ध्यान दिने ।
स्कुल र कलेज तथा साथीभाइ र परिवारका अन्य सदस्यसँग सन्तानका विषयमा जानकारी लिने ।
आवश्यकताभन्दा बढी पैसा नदिने, दिए पनि खर्चको विवरण र सामग्रीमा ध्यान राख्ने ।
नियमित स्वास्थ्य जाँच गराउने ।
दुव्र्यसनको सुरुवात भए परामर्श र उपचारका विषयमा सरसल्लाह गर्ने ।
पारिवारिक र व्यक्तिगत तनाव व्यवस्थापनका विषयमा सन्तानसँग परमर्श गर्ने ।
मदिरा र धूमपानलाई घरमा निषेध गर्ने ।
बेलैमा चिकित्सक र परामर्शदातासँग सम्पर्क गर्ने ।
मनोरञ्जन, खेलकुद, व्यायाम र योग तथा अध्ययन र घुमघाममा जोड दिने ।
गाउँगाउँमा फैलँदो लागू औषध कारोबार
मिथिलेश यादव
२०७३ चैत २ गते लहान प्रहरीले सीमावर्ती सखुवाननकारकट्टी गाउँपालिका ६, खैरबोनाबाट १५ वर्षीय राजकुमार यादवलाई पक्राउ गर्यो । उनको शरीर र साइकलको ह्यान्डलबाट पोको पारेर लुकाईछिपाई राखेको लागू औषध फेनारगन २ सय ९६ एम्पुल, डाइजापाम २ सय ९८ एम्पुल, लुपिजेसिक १ सय ९७ एम्पुल, नरफिन १ सय ३ एम्पुलसहित उनलाई पक्राउ गर्यो ।
प्रहरीले उनको साथबाट बरामद मोबाइल नम्बरको कल डिटेल्स निकालेर अनुसन्धान गर्दै जाँदा सखुवाननकारकट्टी गाउँपालिका खैरबोनाकै सिन्धु चौधरी र दीपेन्द्र यादवलाई पक्राउ ग¥यो । इलाका प्रहरी कार्यालय लहानका प्रहरी उपरीक्षक हिराबहादुर पाण्डेका अनुसार लागू औषधसहित पक्राउ परेका बालक यादव भरिया मात्र भएको अनुसन्धानबाट खुलेको छ । उनी खेपको १० हजारमा लागू औषध वारि ल्याउँथे । पक्राउ परेका चौधरी र यादवसहित यस धन्दामा छ जनाको संलग्नता रहेको खुलेको छ । बाँकी तीन जना अझै फरार छन् ।
उपरीक्षक पाण्डेका अनुसार चौधरी यसअघि पनि काठमाडौँको महराजगञ्जबाट लागू औषध मुद्दामै पक्राउ परेर छुटिसकेका व्यक्ति हुन् । पक्राउ परेकाको कल डिटेल्स अनुसन्धान गर्दा सम्पर्क नम्बर सबै काठमाडौँको देखाउँछ । ‘यो धन्दामा सीमावर्ती सहरका कारोबारी र काठमाडौँका कारोबारीको संगठित सञ्जाल देखिन्छ,’ उपरीक्षक पाण्डे बताउँछन् ।
कसरी काठमाडौँ पुग्छ ?
हाल पक्राउ परेको लागू औषधको समूह एउटा मात्र होइन । यसका अनेक सञ्जाल यतिबेला सक्रिय छन् ।
२०७४ जेठ ६ गते सीमावर्ती झाझपट्टीबाट लहान प्रहरीले सप्तरी बोदेबरसाइन नगरपालिका २, फुलकाहीका कृष्णकुमार गुप्ता र ललितपुर गोदावरी ३ का सुदीप ओझालाई नाइट्रोजन र गाँजासहित पक्राउ ग¥यो । गुप्ता र ओझालाई हिरासतमा भेट्न जेठ ९ गते गोदाबरीकै उनका साथी सुजन सिलवाल लहान आए । साथी भेटेर निस्कँदा लहान प्रहरीले सादा पोशाकका प्रहरीलाई उनको पछि खटाए । उनी लहान बजार घुमेर सोही दिन साँझ काठमाडौँका लागि बस चढ्न लाग्दा प्रहरीले शरीर खानतलास ग¥यो । सो क्रममा सिलवालबाट डाइजिल्याब १२ एम्पुल, फेनारगन १६ एम्पुल र लुपिजेसिक १५ एम्पुल लागू औषध सुई प्रहरीले बरामद ग¥यो ।
पक्राउ परेकासँगको अनुसन्धानबाट पारिबाट वारि भित्रयाउन सामानजस्तो प्याकिङ गरेर सार्वजनिक यातायातमार्फत काठमाडौँ पु¥याउने सञ्जालका उनीहरु सदस्य हुन् । मधेस, भारत र काठमाडौँका युवाको त्रिकोणात्मक सञ्जालले तस्करी गरी गाउँगाउँमा लागू औषध पु¥याउने गरेको यस घटनाबाट पुष्टि भएको पाण्डेले बताए ।
पारि, मधेस र पहाडका युवाको त्रिकोणात्मक सञ्जालले भारतबाट नेपालका विविध सहरसम्म लागू औषध ल्याइपुर्याउने, अर्को समूहले नेपालका सीमावर्ती सहरबाट राजधानी तथा पहाडका गाउँगाउँसम्म पुर्याउने काम गरिरहेको अनुसन्धानबाट देखिएको पाण्डे बताउँछन् ।
२०७४ जेठ ६ गते लहानको ठाँढी बस बिसौनीबाट प्रहरीले त्रियुया १० का गौरव राईलाई लागू औषधसहित पक्राउ ग¥यो । उनलाई २० एम्पुल जुपिजेसिक, २० एम्पुल फेनारगन, २० एम्पुल डाइजिल्याबसहित प्रहरीले पक्राउ गरेको हो । यी सबै गाईघाटको माग धान्न लगिरहेको राईले प्रहरी बयानमा बताएका थिए ।

मुख्य स्रोत भारत
प्रहरीले पक्राउ गर्ने लागू औषध सबै भारतीय सहरको औषधि पसलबाट भित्रिएका हुन् । पारिका औषधि पसलसँगको सेटिङमा सीमावारिका कारोबारीले सीमा सुरक्षाकर्मीलाई मिलाएर भिœयाउने गरेको उच्च स्रोत बताउँछ ।
भारतका लौकाहा, खुटौना, ललमनिया, जयनगरजस्ता सहरबाट सप्तरीको बरसाइन, पातो, बेल्ही नाका हुँदै सप्तरीको लक्ष्मीपुरमा भन्डारण गरिन्छ । त्यसपछि काठमाडौँ, नगरउन्मुख गाउँ तथा पहाडी जिल्लामा फिँजाइन्छ । हिजोआज पहाडी जिल्ला ओखलढुंगासम्म लागू औषधका पोका पुग्ने गरेको स्रोतले जनायो ।

सुईको सप्लाई बढ्यो
लागू औषध नियन्त्रण ब्युरोको तथ्यांकअनुसार सन् २०१५ मा  १८ हजार एम्पुल बु्रपिनोर्फिन र २५ हजार एम्पुल डाइजेपाम बरामद भएको थियो । सन् २०१६ मा २५ हजार एम्पुल ब्रुपिनोर्फिन, ३४ हजार ९ सय एम्पुल डाइजेपाम लागू औषध सुई बरामद भयो ।
वि.सं. २०६९ मा लागू औषध प्रयोगकर्ताबारे गरिएको अध्ययनमा काठमाडौँमा दुव्र्यसनीको संख्या देशभरिमै उच्च देखिएको थियो । दोस्रोमा सुनसरी थियो । अहिले दुव्र्यसनीको संख्या मधेसदेखि पहाडी जिल्लासम्म डढेलोझैँ फैलँदैछ ।

जति माथि उक्लियो, उति बढी दाम
लागू औषध कारोबारीका अनुसार भारतीय बजारमा सुईजन्य लागू औषध (लुपिजेसिक, फेनारगन, डाइजिल्याब, ब्रुपिनोर्फिन, डाइजेपाम, नाइट्राजिपाम) एक सेट (चार एम्पुल) को दुई सय रुपैयाँ पर्छ । पारिबाट वारि छिराउनेबित्तिकै यसको मूल्य बढेर सात सय रुपैयाँसम्म पुग्छ ।
वारि आइसकेपछि जति माथि (पहाडी जिल्ला) पु¥याउन सक्यो उति धेरै मूल्य पाइने कारोबारमा संलग्नहरु बताउँछन् । झन् काठमाडौँ पु¥याए सेटको पन्ध्रसय रुपैयाँसम्म मूल्य पाइन्छ । ‘क्यास कारोबार’को यस धन्दामा मुनाफा बढी भएकाले पनि यसको सञ्जाल दिनदिनै संगठित रुपमा फैलँदै गएको सुरक्षा अधिकारीहरु बताउँछन् ।
यसलाई नियन्त्रण गर्न सक्रिय रुपमा लागेको प्रहरी प्रशासनको आँखा छल्न नयाँ नयाँ तरिका अपनाउने गरेको प्रहरीको भनाइ छ ।
प्रयोगकर्ता नै विक्रेता बन्ने खतरा
लागू औषध प्रयोगकर्ताका विषयमा गरिएको अनुसन्धानमा ४० देखि ५५ प्रतिशत प्रयोगकर्ता नै पछि गएर विक्रेता हुने गरेको तथ्य सार्वजनिक भएको छ । काठमाडौं उपत्यकासहित सीमा जोडिएका १६ जिल्लामा गरिएको अध्ययनमा प्रयोगकर्ताले आफ्नो प्रयोगका लागि खर्च जुटाउनदेखि मोजमस्ती गर्न संगठित रुपमै कारोबार गर्ने गरेको भेटिएको हो । पेडलर भनिने यस्ता प्रयोगकर्ताले नै नयाँ स्थानमा लागू औषधका प्रयोगकर्ता बनाएर व्यापार बढाउने गरेको भेटिएको हो । अध्ययनमा नेपालगञ्जका पेडलरमार्फत सवारीसाधनको पहुँच नहुँदै जुम्ला, कालिकोट, मुगु र बाजुरासम्म खैरो हेरोइन पुगेको थियो । अहिले सवारीको पहुँच बढेपछि अवस्था कस्तो होला, अध्ययन हुन बाँकी नै छ ।
अध्ययनमा सुरुवातमा आफ्ना नजिकका साथी र परिवारका सदस्यलाई प्रयोगकर्ता बनाउने खतरा रहन्छ । आफूले खाने र खर्च जुटाउन प्रयोगका लागि उत्प्रेरित गर्ने गरेको भेटिएको छ । नियमित र दैनिक ठूलो मात्रामा लागू औषध प्रयोग गर्ने भएपछि टाढा रहेका साथीभाइमार्फत कारोबार हुने गर्छ ।
एक्सन फर एडिक्सन र नेपालगञ्जमा रहेको सहारा नेपालले गरेको अध्ययनमा यस्तो देखिएको हो । नेपालगञ्जका अभिराज क्षेत्री पछिल्लो समय युवायुवतीले आफूलाई खान र मोजमस्ती तथा महँगा सामग्रीका लागि लागू औषधको कारोबार गर्ने गरेको बताउँछन् । १० वर्षभन्दा बढी लागू औषधको प्रयोगकर्तापछि पछिल्लो समय यसविरुद्ध र उपचारमा सक्रिय क्षेत्री लागू औषधको आदी भएको व्यक्ति कुनै हदसम्म गएर पनि आर्थिक जोहोमा सक्रिय रहन्छ । यसका लागि सबैभन्दा सजिलो आफ्नै साथीलाई प्रयोगकर्ता बनाउने समूह बढ्दै गएपछि संयुक्त लगानीमा कारोबार गर्ने गरेका घटना बढिरहेको क्षेत्री बताउँछन् ।
उनका अनुसार प्रयोगकर्ता बीचको सञ्जाल, उनीहरुले प्रयोगमा ल्याउने कोड भाषा र बजार बढी खपत भइरहेको लागू औषधका विषयमा जानकारीसहित सामूहिक र सामुदायिक पहल भए यसलाई नियन्त्रण गर्न सकिने क्षत्रीको अनुभव छ ।
लागू औषध नियन्त्रण ब्युरोले गत वर्ष पक्राउ गरेका तीन हजार चार सय चार पुरुष र एक सय ५३ महिलामध्ये एक चौथाई प्रयोगकर्ताबाट विक्रेता बनेका देखिएको थियो । काठमाडौं उपत्यकामा परिवारको तीन पुस्तासम्म प्रयोगकर्ता, ओसारपसार र विक्री वितरणमा सक्रिय रहेको पाइएको थियो ।

(मोडलिङको आधारमा तस्विर)

Leave A Comment