टमाटरको फेस मास्क

शनिबार, २४ असार २०७४, ०१ : १३ शुक्रवार , Kathmandu
टमाटरको फेस मास्क

टमाटरको प्रयोग राम्रो स्वास्थ्यका लागि मात्रै नभएर मानिसको अनुहारलाई निखार्न पनि प्रयोग हुने गर्छ ।   
टमाटरमा मानिसको अनुहारलाई निकै फाइदा दिने तत्वहरु हुन्छन् । यसले बढ्दो उमेरको लक्षणलाई कम गर्न सघाउ पु¥याउँछ । यसले सनस्क्रिनले जसरी अनुहारको हेरचाह गर्छ, त्यसरी नै गर्ने गर्छ ।
टमाटरमा भिटामिन ए, सीको मात्रा धेरै हुन्छ । यसले हाम्रो अनुहारलाई नरम बनाउने काम गर्छ । यसले अनुहारलाई पोषणसमेत दिन्छ । अनुहारमा टमाटारको प्रयोग धेरै किसिमले गर्ने सकिन्छ । यसका लागि आफ्नो आवश्यकता र सहजता अनुसार टमाटरको फेस मास्क तयार गर्न सकिन्छ । टमाटरको फेस प्याक बनाउन ज्यादै नै सजिलो छ ।
टमाटर र मोहीको फेस मास्क
टमाटर र मोहीको फेस मास्क बनाउँदा दुई चम्चा टमाटरको रसमा ६ चम्चा मोहीलाई मिसाउनु पर्छ । दुवैलाई राम्रोसँग मिलाएर अनुहारमा लगाउनु पर्छ । यसलाई राम्रोसँग सुकाएपछि मात्रै यसलाई पानीले सफा गर्नुपर्छ । यसको नियमित प्रयोगले अनुहारमा हुने दागलाई यसले पूर्ण रुपमा हटाउँछ ।

जौ, दही र टमाटरको फेस मास्क
जौ, टमाटरको रस तथा दहीलाई राम्रोसँग मिलाएर यो फेस मास्क बनाउन सकिन्छ । यो पेस्टलाई अनुहारमा लगाएर केही समय राखेर सफा पानीले सफा गर्नुपर्छ । जौले अनुहारको डेड स्किनलाई हटाउने गर्छ ।

टमाटर र महको फेस मास्क
यो फेस मास्क बनाउँदा एक चम्चा टमाटरको रसमा महलाई राम्रोसँग मिसाउनु पर्छ । यसलाई १५ मिनेटसम्म  अनुहारमा लगाएर सुकाउनु पर्छ । त्यसपछि यसलाई मनतातो पानीले राम्रोसँग सफा गर्नुपर्छ ।

 

Leave A Comment