मैदानमा हात्ती रोक्न रक्षक

शनिबार, २४ असार २०७४, १२ : ५७ शुक्रवार , Kathmandu
मैदानमा हात्ती रोक्न रक्षक

श्रीलंकाले हम्बानटोटा मैदानमा जिम्वाब्वेविरुद्ध हुने एक दिवसीय शृंखलामा जंगली हात्तीलाई मैदान छिर्न नदिन रक्षकको व्यवस्था गर्ने भएको छ ।
सबैतिर एक दिवसीय खेल दौरान जंगली हात्तीबाट कुनै खतरा नहोस् भनेर ३५ हजार सिट क्षमता भएको रंगशालामा विशेषज्ञहरुको उपस्थिति रहनेछ । वन्यजन्यु अधिकारीले रंगशाला रहेको उक्त क्षेत्र धेरै हात्ती बस्ने क्षेत्र रहेको बताएका छन् ।
रंगशाला सन् २००९ मा पूर्व राष्ट्रपति महिन्दा राजपाक्षेको विशेष पहलमा बनेको थियो । राष्ट्रपति राजपाक्षे हम्बान्टोटा निवासी हुन् तर ग्रामीण क्षेत्र र मर्मत खर्चिलो भएका कारण हम्बान्टोटा रंगशालामा औँलामा गन्न सकिने खेल मात्र हुने गरेका छन् । नाम नबताउने सर्तमा एक अधिकारीले हात्तीले कहिलेकाहीँ समर्थकलाई आक्रमण गर्दै पिचमा असर पु¥याउने गरेको बताए । रंगशालाबाट एक सय मिटरको दुरीमा घना जंगल भएकाले जंगली जनावरको त्यहाँ खतरा रहेको मानिन्छ । क्रिकेट श्रीलंकाका अधिकारीले रंगशालाका रक्षकस्वरुप १० वन्यजन्तु विशेषज्ञलाई खटाइएको बताएका छन । विज्ञले समर्थकलाई उक्त क्षेत्रमा नजान र हात्तीलाई नउकास्न सुझाव दिएका छन् ।

 

Leave A Comment