हात कट्यो कि काटियो ?

बिहिबार, २२ असार २०७४, ०२ : २७ शुक्रवार , Kathmandu
हात कट्यो कि काटियो ?

अभिनेत्री सृष्टि श्रेष्ठ र सौगात मल्लबीचको अफेयर नयाँ विषय रहेन । दुवै बीचको अफेयरले फिल्मको सुटिङ प्रभावित भएका खबर पनि बासी भइसके । सौगातको सुटिङमा सृष्टि जाने र सृष्टिको सुटिङ भए ठाउँमा सौगात जाने कारणले निर्माता निर्देशकले राम्रै तनाव खेपेका छन् । अर्थात्, दुवैको प्रेम रोमियो जुलियटको जस्तै छ । तर, गत शनिबार बिहान अचानक सृष्टिले आत्महत्याको प्रयास गरेको खबर बाहिरियो । खबर बिस्तारै भाइरल भएपछि सृष्टिले अस्पतालको बेडबाटै आफू सकुशल रहेको र दराज खोल्दा सिसा लागेर हातमा चोट लागेको स्पष्टीकरण दिइन् ।
तर, सृष्टिको स्पष्टीकरणले धेरैको चित्त भने बुझेको छैन । उनले फेसबुकमा पोस्ट गरेको फोटोमा एउटा हात पूरै ब्यान्डेज गरिएको छ । जबकि उनले भनेझैं दराजको सिसा लागेर हात काटिएको हो भने थोरै ठाउँमा मात्र चोट लाग्छ । पूरै हात ब्यान्डेज गर्न पर्दैन । यसैबीच अस्पताल स्रोतलाई उद्धृत गर्दै केही अनलाइनले सृष्टिले आत्महत्याका प्रयास गरेको समाचार लेखेका छन् ।
आत्मविश्वासी र देश दुनियाँ देखेकी सृष्टिले आत्महत्याजस्तो कायरतापूर्ण प्रयास गर्लिन् जस्तो लाग्दैन । तर, सत्य यो पनि हो कि हावा नचली पात हल्लँदैन । कतै सृष्टिको हात जानी जानी काटिएकै त होइन ?

 

Leave A Comment