नवीनको ‘किन म’

बिहिबार, २२ असार २०७४, ०२ : २३ शुक्रवार , Kathmandu
नवीनको ‘किन म’

गीतकार नवीन न्यौपानेको ‘किन म’ बोलको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा हिमाल सागरको स्वर रहेको छ । नवीनकै शब्द रहेको गीतमा जीवन पन्तले संगीत भरेका छन् । गणेश बम आग्रीले निर्देशन गरेको गीतको भिडियोमा नवीन स्वयंले अभिनय गरेका छन् । उनीसँगै अभिनेत्री नम्रता सापकोटा र रन्जिता गुरुङ फिचरिङमा छन् । गीतको भिडियो छायांकन र सम्पादन शक्तिप्रज्ज्वल घिमिरेले गरेका छन् ।

शुभको ‘मलाई माया गर’
गायक शुभ तामाङको दोस्रो एल्बम ‘मलाई माया गर’ सार्वजनिक भएको छ । राजधानीमा हालै आयोजित कार्यक्रममा गीतकार डा. भोला रिजालले एल्बम सार्वजनिक गरे । एल्बममा ८ वटा गीत छन् । जसमा ७ गीतमा शुभकै संगीत र एक गीतमा राजनराज शिवाकोटीको संगीत छ । गीतमा डा. भोला रिजाल र दीपेन्द्र तामाङको शब्द छ । एल्बमलाई एसियन म्युजिकले बजार व्यवस्थापन गरेको छ ।

मनिषको ‘किन किन’
गायक मनिष विश्वकर्माले नयाँ गीत सार्वजनिक गरेका छन् । ‘किन किन’बोलको उक्त म्युजिक भिडियोमा उनकै शब्द र संगीत छ । अलमोडा राना उप्रेतीले म्युजिक एरेन्ज गरेका छन् । शिशिर खातीले निर्देशन गरेको गीतको भिडियोमा मोडल आयुष रेग्मी र श्रद्धा प्रसाईं फिचरिङमा छन् । पवन सुस्लिङले खिचेको भिडियोलाई रामप्रसाद चौधरीले सम्पादन गरेका हुन् ।

सुरजको ‘मनपर्यो मनपर्यो’
गायक सुरज पौडेलको ‘मनपर्यो मनपर्यो’ बोलको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । यो गीत सुरजको ‘मनको खुसी’ एल्बममा समावेश छ । सुरजकै शब्द रहेको गीतमा भीषण राईको संगीत र टंक बुढाथोकीको म्युजिक एरेन्ज छ । सञ्चारकर्मी कुमार आचार्यले निर्देशन गरेको गीतको भिडियोमा म्यान्डु बाबु र रञ्जु शर्माले मोडलिङ गरेकी छन् ।

 

 

Leave A Comment