नशाको व्यापारः मौन सरकार

बिहिबार, २२ असार २०७४, १२ : ५० शुक्रवार , Kathmandu
नशाको व्यापारः मौन सरकार मोडलिङमा आधारित तस्बिर

विराटनगर मेनलाइन, नारायण मन्दिर नजिकका पौढसँगको कुराकानीमा एक पटक भनेका थिए ‘हामि भारतीयका लागि सिमानामा जुवा चलाउँछौ, उता जोगवनिमा नेपाली युवाहरूका लागि लागु औषध बेचिन्छ, यही हो हाम्रो रोटीबेटीको सम्बन्ध ।’ उनले विराटनगरका केही होटलमा भारतीयलाई केन्द्रमा राखेर खोलिएका मिनी क्यासिनोको धन्दा र उता जोगबनिमा पसलहरूमा पुगेर इटहरी, धरानका युवाहरूले सहजै किन्नसक्ने लागुऔषध । जुवा खोल्नु र नशालु पदार्थ बिक्री दुबै कारोबार हुन । यी धन्दा यहाँ आफ्ना लागि होइन पडोसी देशका नागरिकहरूको नाममा संञ्चालित छन् । विराटनगरका ती पौढको चिन्ता यसैमा थियो, उनी भन्दै थिए ‘ भारतीयलाई खोलेको क्यासिनोमा नेपाली पनि पस्छन्, नेपालीका लागि खोलिएको लागु औषधको ज्रंजालमा भारतीय युवाहरू पनि फस्छन्, फसिरहेका छन् ।’
नेपाल भारत सम्बन्धका विभिन्न पाटा छन् । आर्थिक, राजनीतिक, सामाजिक, सास्कृतिक पक्षहरूले सम्बन्धहरूलाई घनिभूत पार्ने वा भत्काउने हुन्छ । राजनीतिक बाहेक अन्य सम्बन्धका आयामहरूमा गतिरोध देखिदैन । राजनीतिक पक्ष सुखद छैनन् । लामो समयदेखिका आरोह अवरोधबीच काठमाडौं दिल्लीबीच एक किसिमको दूरी रहिआएको छ राजनीतिक दृष्टीमा । आर्थिक सम्बन्धको कुरो नगरौ, नेपालको व्यापार उतै निर्भर छ । सामाजिक सम्बन्धहरूले त रोटी बेटीको सम्बन्धको श्रेय पाएको अवस्था छ । धार्मिक र सास्कृतिक सम्बन्धहरूको जरा दुबै देशका सिमा क्षेत्रमा राम्ररी गढेको पाइन्छ । भूगोलका  सिमानाबाहेक द्ववै देशका नागरिकमा समानता देखिन्छ । तर, अर्काका देशमा जेसुकै होस भन्ने मनोविज्ञानमा सिमानामा बस्ने कतिपय कर्मचारी, सु्रक्षाकर्मी र व्यापारिहरू क्रियाशील देखिन्छन् । भूगोलको सिमा अर्थात सिमाना कतै अभिसाप त बन्दै गएको छैन ? अनुत्तरित छन् प्रश्नहरू।
हामी देख्दैछौं, सुन्दैछौ, नेपाल— भारत सिमानाकाको नेपाल पट्टी मदिरा, देहसुखका लागि दिनुहँ ठूलो संख्यामा भारतीयहरू आउँछन् । भारतीयहरूलाई नशामा डुबाएर पैसा असुल्ने धन्दामा नेपालको पूर्वपश्चिम राजमार्गमा खुलेका बग्रेल्ती लज, रेष्टुरेष्ट र रिसोर्टहरू लागि परेका छन् । अर्थात मदिरा र यौनकर्मी महिलाको व्यापार फस्टाएको छ । यता मेची देखि महाकाली सम्मको सिमानाकाका विभिन्न बजारहरू नेपालमा लाग् पदार्थ कारोबारका अखडा बनेका छन् । श्क्रबारले गरेको अध्ययनमा भारतीय ससाना बजारमा औषधिको नाममा खुलेआम लागु पदार्थको कारोबार गरिन्छ । पारिबाट नेपाल भित्रिएका त्यस्ता औषधिका भाइल विभिन सवारी साधनहुँदै काठमाडौं, पोखरा लगायतका हिमाल, पहाड र तराईमा फैलन्छ । यो अवैध धन्दामा लागु पदार्थ सेवनकर्ताहरू आफै सक्रिय रहेका छन् । भारतीय बजारमा मुस्किले २ सय पर्ने एक टिप लागु औषधको मूल्य काठमार्डौंमा आइपुग्दा १२ सयदेखि १५, १६ सयसम्म प्ुग्दछ । करिव आठगुणा नाफा हुने यो व्यापारको आफ्नै सयन्त्र हुन्छ, जसको नियन्त्रण  जागिरको औपचारिकतामा रहेका प्रहरी, प्रशासनबाटमात्र संभव छैन । नेपालको हकमा त राजनीतिक सक्रमणताको मूल्यमा युवाहरूलाई नशामा डुवाएर तहननहस पार्ने उद्यम मौलाएको देखिन्छ । निगरानीका क्रममा फmेलापरेको लागु औधषका पोका र संलग्नलाई कारवाही गरेको प्रचार गर्ने बाहेकको गीभरता प्रहरी प्रशासनमा छैन । सरकारको उच्च प्राथमिकता रहनुपर्ने मामलाई र्औपचारिकतामा सिमित राखिएको छ । कतिसम भने लागु औषधसँग जिम्मेवार निकायसँग  नेपालमा लागु औषधका सेवनकर्ता कति छन् ? कसरी बढ्दै छ यसको कारोबार ? जस्ता उत्तरहरू छैनन् । गृह मन्त्रालयको लागु औषध नियन्त्रण कार्यक्रमको पोर्टलमा ५ वर्ष अघिको तथ्याङ्क राखिएको छ । ५ वर्ष अघि २०६९ मा काठमाडौं उपत्यकामा ३६ हजार नौसय ९८ कडा प्रकारको लागूऔषध प्रयोगकर्ता रहेका थिए । जसमा महिला तीनहजार चारसय ८५ छन् । ५ वर्ष अघि देशभर ९१ हजार लागू औषध प्रयोगकर्ता रहेको देखाउँछ । यस अघि २०६३ सालमा काठमाडौं उपत्यकामा१७ हजार चारसय ५६ प्रयोगकर्ता  र मुल्लकभर जम्मा ४६ हजार तीनसय नौ प्रयोगकर्ता रहेको सरकारी तथ्याँक छ । कति र कसरी प्रयोग कर्ता बढेका छन् ? एकिन तथ्य पाइदैन । सरकारबाट , गैरसरकारी संघसंस्थाबाट लागु औषध नियन्त्रण र पुर्नस्थापनमा भैरहेको ठूलो लगानीले अपेक्षाकृत परिणाम दिन नसकेको जानकारहरू बताउँछन् ।
लागु पर्दाथ सेवन एउटा गंभिर सामाजिक समस्याको रुपमा आएको छ । देखासिखिमा, साथीभाईसँगको संगत र अहिलेका किशोरहरूमा देखिएको बिन्दासपनका कारण नचाहदाँ नचाहदै कतिपय युवाहरू फस्ने र त्यसबाट उम्कन नसक्ने अवस्था देखिन्छ । एउटा लागुपदार्थ सेवन कर्ता आफै कारोवारमा संलग्न हुने र उसले ४, ५ जना साथीहरूलाई फसाउने गरेको पाइन्छ । यसर्थ अभिभावकले आफ्ना नानीहरूमाथी नजिकको सम्बन्ध राख्ने, उनीहरूका गतिविधि, खर्च गराईजस्ता कुरामा सचेत भएको अवस्थामा धेरैहदसम्म लागु औषधको फन्दबाट जोगाउन सकिन्छ । त्यस्तै स्कूल टिचरहरू र स्कूल प्रशासन चनाखो भएको अवस्थामा पनि लागु औषधको कारोबार नियन्त्रण गर्न सकिन्छ ।
सबै भन्दा महत्वपुर्ण मु्द्धा भनेको सहज आपुर्तिको अहिलेको अवस्थामा व्यापाक नियन्त्रण हो । जबसम्म सहज आपर्ति हुन्छ त्यतिन्जेल यसका प्रयोगकर्ता पनि बढ्दै जानेछन् । तसर्थ सहज आपुर्तिको मुहानमा नियन्त्रण आवश्यक हुन्छ । अर्काका देशका नागरिक जेसुकै हुन भन्ने मानसिकता र रातारात पैसा कुम्ल्याउने मनोवृतिका कारण लाग् औषध प्रयोगकर्ता वर्षेनी बढ्नेक्रममा छन् । काठमाडौं र दिल्ली  दुबैले यो मामलालाई संवेदनशील र गंभिर भएर सरकारको उच्च प्राथमिकतामा राख्नु पर्दछ । सिमा प्रशासनको कमजोरीका कारण फैलिरहेको कारोबार नियन्त्रण आर्फैमा चुनौतीपुर्ण छ । काठमाडौं र दिल्ली दुबै एउटै सोच, चिन्तन र कार्यक्रमका साथ अघि बढेमा नियन्त्रण संभव छ ।

(मोडलिङमा आधारित तस्बिर)

Leave A Comment