इन्स्टाग्राममा नयाँ फिचर

सोमबार, १९ असार २०७४, १२ : २८ शुक्रवार , Kathmandu
इन्स्टाग्राममा नयाँ फिचर

फेसबुकको स्वामित्वमा रहेको फोटो सेयरिङ एप इन्स्टाग्रामले एक नयाँ फिचर लञ्च गरेको छ । उक्त फिचरको नाम आर्काइभ रहेको छ ।
यस फिचरको सहायताले अब तपाईंले अरुलाई देखाउन नचाहेका फोटोहरु पनि डिलिट गर्नुपर्ने आवश्यकता पर्नेछैन । आर्काइभले केवल प्रयोगकर्तालाई फोटो डिलिट गर्नबाट रोक्नेछैन, यसले फोटो सेयर गर्नमा पनि थप सहज बनाउनेछ ।
फोटोको माथिल्लो दायाँ भागमा रहेको आर्काइभ बटन क्लिक गरेपछि उक्त तस्वीर तपाईंको टाइमलाइनमा देखिनेछैन र तपाईंको सुविधाको लागि एक प्राइभेट फोल्डरमा सुरक्षित रहनेछ । चाहिएको बेला उक्त फोटोलाई निकालेर प्रयोग गर्न सकिनेछ ।
बुधबार एक पोस्टमार्फत इन्स्टाग्रामले भनेको छ : तपाईं को हुनुहुन्छ र समयसँगै तपाईं सुधार भइरहनुभएको छ भन्ने कुरा तपाईंको प्रोफाइलले प्रतिनिधित्व गर्दछ । आर्काइभसँगै अब तपाईंले ती पलहरु पनि सँगाल्न तथा सुरक्षित राख्न सक्नुहुनेछ जसको बारेमा तपाईंलाई चासो हुन्छ ।
इन्स्टाग्रामको यो आर्काइभ फिचरले प्रयोगकर्तालाई आफ्नो पोस्टलाई पब्लिक प्रोफाइलबाट डिलिट नगरी हटाउने सुविधा प्रदान गर्दछ । आर्काइभ फोल्डरमा लगेको सामग्रीहरु केवल सम्बन्धित प्रयोगकर्ताले मात्र हेर्न सक्दछ ।
साथै, त्यसलाई पुनः पब्लिक प्रोफाइलमै लैजाने अप्सन पनि उपलब्ध हुन्छ । इन्स्टाग्रामको आर्काइभलाई स्न्यापच्याटको मेमोरिज फिचरजस्तै मान्न सकिन्छ ।

Leave A Comment