युरोप यात्रामा थिएटर भिलेज

बिहिबार, १५ असार २०७४, ०१ : ०६ शुक्रवार , Kathmandu
युरोप यात्रामा थिएटर भिलेज

युरोपको अमेच्योर नाट्यसंस्थाको छाता संस्थाको  निमन्त्रणामा थिएटर भिलेज २१ दिने युरोप यात्रामा निस्किएको छ । असार ६ गते ‘मालिनीः द प्रिन्सेस अफ गार्डेन’ नाटक लिएर  टोली युरोप यात्रामा निस्केको हो ।
रवीन्द्रनाथ टैगोरको नाटक ‘मालिनी’को एउटा नयाँ व्याख्याको रुपमा तयार पारिएको यो जर्मनी र बेल्जियमका विभिन्न सहरमा मञ्चन गरिनेछ । यही अवसरमा नेपाली कलाकारहरूले युरोपका केही प्रसिद्ध नाटक संस्थाहरुबाट कार्यशाला र तालिमसमेत लिनेछन् । विमल सुवेदीको निर्देशन रहेको यस नाटकमा राजेन्द्र श्रेष्ठ, सुजन ओली, दिपेश राई, जेनी सुनुवार र नवराज पराजुलीको अभिनय रहेको छ । दिलिप रानाभाटको ध्वनि व्यवस्थापन र विपुल पाण्डेको प्रकाश संयोजन रहेको यस नाटकलाई जीवेश रायमाझीले नेपालीमा अनुवाद गरेका हुन् ।
यात्रापछि थिएटर भिलेजमा नयाँ नाटकघर निर्माण गरिने थिएटर भिलेजका अध्यक्ष जीवेश रायमाझी बताउँछन्  ।

 

Leave A Comment