भूकम्पपीडितलाई हुन्डाइको अफर

बिहिबार, १५ असार २०७४, ०१ : ०३ शुक्रवार , Kathmandu
भूकम्पपीडितलाई हुन्डाइको अफर

हुन्डाइ गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले लक्की ड्रमार्फत ट्याक्सी नम्बर पाएका भूकम्पपीडितका लागि नयाँ योजना ल्याएको छ । कम्पनीले नम्बर प्राप्त गरेका १५ सय भूकम्पपीडितमध्ये ‘हुन्डाइ इओएन’ गाडी खरिदमा एक जनालाई ‘शत प्रतिशत रकम फिर्ता’ योजना घोषणा गरेको छ ।
कम्पनीका अनुसार सर्वाधिक लोकप्रिय सवारी हुन्डाइ इओएन ट्याक्सीको रुपमा हुन्डाइको ह्याचब्याक सेगमेन्टअन्तर्गत पर्दछ । सो योजनासँगै हुन्डाइ इओएन गाडीको खरिदमा आकर्षक नगद छुट, एक वर्षसम्म निःशुल्क सर्भिसिङ, एक वर्ष वारेन्टी, वित्तीय तथा बीमा सुविधा र कानुनी प्रक्रियासमेत पूरा गरिदिने कम्पनीले जनाएको ।
बलियो तथा सुरक्षित सवारीसाधन, उच्च माइलेज, आरामदायी सिट तथा भित्री बनावट, पावर स्टेरिङ, १३ इन्च ठूलो चक्का, थोरै मर्मत खर्च, उच्च ग्राउन्ड क्लियरियन्स, धेरै भण्डारण क्षमता लगायतले हुन्डाइ इओएनलाई यात्रुमाझ लोकप्रिय बनाएको कम्पनीको दाबी छ ।
भूकम्पपीडितको सहयोगमा नेपाल सरकारले चालेको कदममा हुन्डाइले यस योजनामार्फत योगदान दिने प्रयास गरेको कम्पनीद्वारा सोमबार जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।

 

Leave A Comment