नेवा छेँमा ‘टुयुमति’

बिहिबार, १५ असार २०७४, ०१ : ०१ शुक्रवार , Kathmandu
नेवा छेँमा ‘टुयुमति’

नेवाः पत्रकार पुच तथा मिस नेवाः पुच कास्कीको आयोजनामा पोखरामा शनिबार नेवारी चलचित्र ‘टुयुमति’ प्रदर्शन गरिएको छ । युवा पुस्तालाई मौलिक भाषा तथा संस्कार/संस्कृतिप्रति आकर्षित गर्नका लागि पोखरामा पहिलो पटक नेवारी भाषाको फिल्मलाई सार्वजनिक प्रदर्शन गरिएको कार्यक्रमका सहसंयोजक तथा मिस नेवाः पुच पोखराका अध्यक्ष अंशु शाक्यले बताइन् । नेवा छें भीमसेनटोलमा गरिएको प्रदर्शनमा उल्लेख्य दर्शकको सहभागिता थियो । फिल्म देखाउन निर्देशकसहित ५ जनाको टोली पोखरा आएको थियो ।  
अनु श्रेष्ठको निर्माण तथा आर्यम नकर्मीको निर्देशनमा बनेको फिल्ममा मनिष श्रेष्ठ, अर्नेश्वरी शिल्पकार, मर्टा, राजाराम पौडेल, हृदयप्रसाद मिश्र, गणेशराम लछी, सुशील प्रजापति, सविन शाक्य लगायतका कलाकारहरुको अभिनय छ । त्यस्तै मदनकृष्ण श्रेष्ठ, धीरेन शाक्य, राजेन्द्र खड्गी र हिसिला महर्जन अतिथि कलाकारका रुपमा रहेका छन् ।

Leave A Comment