साप्ताहिक राशिफल

बिहिबार, १५ असार २०७४, १२ : ४६ शुक्रवार , Kathmandu
साप्ताहिक राशिफल

डा. राजकुमार सुवेदी
कम्प्युटर ज्योतिष सेवा
मो. ९८४१८८३४४२

२०७४ साल असार १५ गते बिहिबार निस्कने “शुक्रबार” पत्रिकाको लागि १५ गते देखि २१ गते सम्मको साप्ताहिक राशिफल                                                                                                                                                                                                                                              

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
स्वास्थ्यमा केही समस्या देखापर्ने छ । सामान्यतया भाग्य राम्रो छ । विचार गरेर काम गर्नु होला नत्र पश्चाताप भोग्नुपर्ने हुनसक्छ । कार्यमा सामान्य बाधा आउनेछ । स्वदेश एवं वैदेशिक यात्रामा शुभ फल देखिन्छ । वरपरका साथीभाइबाट केही सहयोग मिल्नेछ । प्रेम आकर्षण योग रहेकाले प्रेममा सफलता मिल्नेछ । परिवारका सदस्यमा केही रोग देखापर्न सक्नेछ । खानपानमा सावधान रहनुहोला । आर्थिक उर्पाजनका लागि नयाँ मौका प्राप्त हुनेछ ।

बृष ( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
वरपरका व्यक्तिसँग सामान्य वादविवाद हुने देखिन्छ । कार्यमा सफलता मिल्नेछ । स्थानान्तरणमा केही ढिलासुस्ती हुने देखिन्छ । पहिले गरिरहेकै कार्यलाई केही दिन यथावत् राख्नुहोला । घरजग्गा व्यवहारमा केही सुधार आउने देखिन्छ । विलासी दिनचर्याबाट खुसी प्राप्त हुने समय छ । राम्रो कार्य सम्पादन गरे बापत प्रमोसन हुने समय छ । सवारी साधनलाई परिवर्तन गरी चलाउनु भएमा राम्रो हुन्छ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, ह)
उच्चस्थ व्यक्तिहरुसँग भेटघाट हुनेछ तर केही व्यक्तिहरुसँग मत मतान्तरसमेत हुनेछ । वैवाहिक जीवन सफलताको योग देखिन्छ । सामाजिक पद, प्रतिष्ठा मिल्नेछ । यस हप्ता कार्यसिद्धि हुनेछ । घरेलु जीवनमा हाँकको सामना गर्नुपर्ने छ । पारिवारिक मायाप्रेममा केही कमी हुनेछ । आध्यात्मिक क्षेत्रमा रुचि बढ्नेछ ।  विद्यार्थीका लागि अध्ययन–अध्यापन कार्यमा सफलता मिल्नेछ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
रुघाखोकीसम्बन्धी हल्का रोग देखापर्ने छ । घरमा राम्रो वस्तुको क्रय हुने समय छ । ठूलाठूला क्षेत्रमा लगानी गर्नु राम्रो देखिन्छ । खानपानको अनुकूल नमिल्ने योग छ । उन्नति–प्रगतिको लागि कपडा व्यवसाय र होटल व्यवसाय सुरुवात गर्ने योग देखिन्छ । जग्गा जमिनको कार्य गरेमा पनि राम्रो छ । सहकर्मीहरुबाट राम्रो सहयोग सद्भाव कायम रहने छ । यो साताको अन्त्यमा आर्थिक फल मिल्ने देखिन्छ ।      
            
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
साथीहरुसँग भ्रमण गरी खुसीपूर्वक समय यापन हुने छ । यो साताको अन्त्यमा आर्थिक लाभ मिल्ने देखिन्छ । साथीभाइ इष्टमित्रबाट सहयोग मिल्नेछ । नयाँ जागिर प्राप्त हुनेछ । वैदेशिक रोजगारबाट राम्रो फल मिल्ने देखिन्छ । उन्नति–प्रगतिले परिवारमा समृद्धि ल्याउने छ । वैवाहिक जीवन सफल हुने योग देखिन्छ । सामाजिक पदप्रतिष्ठा मिल्नेछ । लाभ र सुख प्राप्त हुने समय छ । अध्ययन अध्यापन कार्यमा सफलता मिल्नेछ ।

कन्या ( टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
पहिलेका प्रियजनहरुसँग भेट हुनेछ । उदर रोग देखापर्ने छ । प्रेम सम्बन्धमा सामान्य नराम्रो देखिन सक्छ । साझेदारी काममा सावधान हुनुपर्ने छ । हलुका सवारी साधनको योग रहेको छ । मित्र क्षेत्रबाट बाधा अड्चन आई केही दुःख मानसिक कष्ट भोग्नु पर्नेछ । लाभ हुने समय चलेको छ । जग्गासम्बन्धी कारोबारमा केही नाफा हुन सक्नेछ । पुरानै निवासमा बस्नु उचित देखिन्छ ।
तुला ( र, रि, रु, रे, रो, ता, ति, तु, ते)
सुख, शान्ति र खुसी हुने समय छ । प्रेमी–प्रेमिकाहरुका लागि कार्यसिद्धि हुने योग छ । विचारपूर्वक काम गर्नु होला नत्र दुःख भोग्नु पर्नेछ । ठूला र महत्वपूर्ण कार्यमा रुचि बढ्नेछ । पहिलेका मित्रहरुबाट आर्थिक फल मिल्नेछ । सवारी साधन प्रयोग गर्दा सावधानी अपनाउनु होला । दाजुभाइहरुसँगको सम्बन्धमा सुधार आउने छ । उत्साहित हुने समय देखिन्छ । दाम्पत्य एवं पारिवारिक सम्बन्ध राम्रो देखिन्छ ।

बृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आयमा बाधा छ । पारीवारिक भ्रमण गरेमा मन प्रसन्न रहनेछ । श्वास प्रश्वाससम्बन्धी समस्या देखा पर्नाले स्वास्थ्यमा बाधा हुने देखिन्छ । सहयोगीबाट काम लिन सकिनेछ । वैदेशिक रोजगारीका लागि अवसर मिल्नेछ । पढाइमा रुचि बढ्नेछ । केही समस्या सामना गर्नु पर्नेछ । दाम्पत्य जीवन सफल रहनेछ । साताको अन्त्यमा समस्याको समाधान पनि निस्कने छ ।
    

 धनु ( ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
कार्यक्षेत्रबाट धन प्राप्तिको योग छ । सामान्य स्वास्थ्य बाधा हुनेछ । हाइड्रो एवं बिजुलीसम्बन्धी सेयर व्यवसाय फस्टाएर जानेछ । वैदेशिक यात्रामा सामान्य ढिलासुस्ती हुनेछ । पार्टनरसिप व्यवसायबाट फल राम्रै मिल्नेछ । सकभर यो साता सवारी यात्रा कमै गर्नुहोला । जीवनमा सुख प्राप्त हुने समय छ । प्रेम प्रसङ्गले घर परिवारमा सामान्य मनमुटाव हुनेछ ।      
     
मकर ( भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
विद्यार्थीहरुका लागि अध्ययनशील समय छ । प्रेम जीवन सफल छ । अग्रजको सल्लाहमा कार्य गरेमा सफलता मिल्नेछ । मित्र सहयोगीहरुबाट काम लिन सकिनेछ । साताको अन्त्यमा थोरै मानसिक तनाव बढ्नेछ । व्यवसायीका लागि लाभ हुने समय छ । यस साताको अन्त्यमा आर्थिक फल मिल्ने देखिन्छ । आफ्नैबाट नभई पितामाताबाट आएको वैवाहिक प्रस्ताव शुभ र स्वीकार्य मान्न सकिन्छ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, द )                     
स्वास्थ्यमा सामान्य समस्या देखा पर्नेछ । नयाँ सवारी साधनको योग छ । वैदेशिक रोजगारीमा राम्रो फल मिल्नेछ । गरेको काममा सोचे अनुसारको फल मिल्ने छैन । पहिलेको स्थानभन्दा नयाँ स्थान राम्रो हुने देखिन्छ । सामाजिक सेवाको काम गर्नु होला । नयाँ सवारी साधनको योग छ । ठूलाठूला कार्यमा निर्णय लिनु ठीक छैन ।  नेत्रसम्बन्धी समस्या देखा पर्नाले स्वास्थ्यमा बाधा हुने देखिन्छ ।     


मीन ( दि, दु, थ, झ, ञ, दे, दो, च, चि)                       

विद्यार्थीका लागि यो साता राम्रो छ । प्रेमिकाहरुसँग पुनः माया प्रेम बढ्नेछ । इष्टमित्र साथीभाइसँगको भेटघाट रमणीय हुनेछ । नवीन कार्य गर्दा विचारपूर्वक गर्नुहोला । प्रेममा समस्या उत्पन्न हुने देखिन्छ । प्रेमिकाद्वारा धोका दिने योग रहेकाले विचार गर्नुहोला । कार्य क्षेत्रमा सुधार आउनेछ । पारिवारिक भ्रमण गरेमा मन प्रशन्न रहनेछ ।

Leave A Comment