नेपथ्यको आइफोन भिडियो

बिहिबार, १५ असार २०७४, १२ : ३७ शुक्रवार , Kathmandu
नेपथ्यको आइफोन भिडियो

नेपथ्यको २५ वर्षे उत्सवको कोसेली शृंखलास्वरुप आइफोनबाट खिचिएको म्युजिक भिडियो सार्वजनिक भएको छ । यस भिडियोमा प्रयोग भएको गीत‘घरको कुरा’सन् २००४ को जून महिनामा लेखिएको होजुन गीतलाई नेपथ्यले २००५ मा आफ्नो छैटौँ एल्बम ‘घटना’मार्फत श्रोता सामु ल्याएको थियो ।
२००४मा नेपाल लडाईंको चपेटामा रहेको बेला अमेरिका यात्राको बेला लेखिएको यो गीत÷कविताको भिडियो भने नेपथ्यले २०१६ मा अमेरिका यात्रा गर्दा आइफोनबाट खिचिएको हो ।
‘विदेश जाँदा घरको सुखदुख साट्न साथी खोज्दा सबै व्यस्त पाएँ । कार्यक्रमको बेला बोल्न खोज्दा सबै नाच्ने गीत मै रमाउन चाहे,’ नेपथ्यका अमृत गुरुङले गीतको सृजना गर्भ उघार्दै भने, ‘यस्ता घटना विदेशयात्राको क्रममा नियमित भोग्छौं, मन कुँडिन्छ, तर कलाकारको भावना न हो । हाम्रो काम दर्शकश्रोतालाई मनोरञ्जन दिने हो, दिनैपर्छ तर यस्ता कुराले मन विथोल्छ अनि भावनालाई गीतमा पोख्यो... बस् ।’ भिडियोमा अमृत, विभिन्न ठाउँ भौतारिहिँडेको देखिन्छ । बीचबीचमा उनले आफूले गरेको यात्रा र फोटोमार्फत देशलाई सम्झन्छन्  ।
यस गीतको शब्द, संगीत रचना र प्रस्तुति नेपथ्यले गरेको हो भने भिडियो नेपालयको निर्माणमा पदम बज्रचार्यले दृश्य सम्पादन गरेका हुन् । मोसन ग्राफिक र टाइटलिङ कथाहरु संस्थाका सशांक श्रेष्ठको टोलीले गरेको हो ।

Leave A Comment