आर्यनको काउन्टर आदित्य नारायण

शनिबार, १० असार २०७४, ०२ : १६ शुक्रवार , Kathmandu
आर्यनको काउन्टर आदित्य नारायण

आर्यन सिग्देल, नम्रता श्रेष्ठ र निर्देशक दिनेश राउतबीच पानी बाराबार भएको कुरा कुनै सेक्रेट रहेन । आर्यनले लामो समयका बेस्टी दिनेश राउतलाई फेसबुकमा ब्लक हानेको खबर नै पुरानो भइसकेको छ तर यी तीन जनाकै कथामा नयाँ घुम्ती के छ भने आर्यनलाई देखाउन नम्रता र दिनेश तुरुपको एक्काको खोजीमा छन् र यसका लागि उनीहरुले छानेका छन्, उदित नारायणका छोरा आदित्य नारायणलाई  ।
दिनेश राउत र नम्रताले मिलेर बनाउन लागेको ‘टकिला सनराइज’ शीर्षकको फिल्मका दुवैले आदित्यलाई हिरोमा खेलाउन खोजिरहेका छन् । यो त्यही फिल्म थियो, जसलाई पटकथा चित्त नबुझेपछि आर्यनले फिल्म खेल्न इन्कार गरेका थिए । यही फिल्मका लागि आदित्यलाई फिल्मको सारांश पठाउनेदेखि पैसाका कुरासम्म पनि भइरहेको छ तर आदित्यले अहिलेसम्म पनि खेल्ने नखेल्ने निधो दिइसकेका छैनन् । नम्रता र दिनेशको तयारी हेर्दा त लाग्छ, आर्यनसँगको खटपटलाई दुवैले सिरियस्ली लिएका छन् । त्यसैले त उनीहरु भारतबाट हिरो मगाउने दाउमा छन् । आशा गरौं, दुश्मनीको चक्करमै सही राम्रो फिल्म हेर्न पाइनेछ !

Leave A Comment