कलेज जानकारी

शनिबार, १० असार २०७४, ०१ : ५४ शुक्रवार , Kathmandu
कलेज जानकारी

नोबल एकेडेमी
नयाँ बानेश्वरस्थित नोबल एकेडेमीले विगत २० वर्षदेखि प्रविधिमा आधारित शिक्षा दिँदै आएको छ । आफ्नै भौतिक संरचनामा सञ्चालित सुविधायुक्त  यस कलेजमा प्लसटुमा विज्ञान र व्यवस्थापन विषय पढाइ हुन्छ । यो शैक्षिक सत्रमा विज्ञानतर्फ ४ सय र व्यवस्थापनतर्फ ३ सय विद्यार्थी लिने कलेजका निर्देशक उत्तम भौकाजी बताउँछन् । यहाँ विद्यार्थीलाई आवश्यक पर्ने विज्ञान ल्याब, लाइब्रेरी आदिको राम्रो सुविधा  छ ।
निक उच्च मावि
सन् २००१ मा स्थापना भएदेखि नै डिल्लीबजारस्थित निक उच्च माविले विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्दैआएको छ । यस कलेजले प्लस टुका साथै बिबिएस र बिए प्रोग्राम सञ्चालन गर्छ । कलेजले प्लस टुमा विज्ञान, व्यवस्थापन र मानविकी विषयका कक्षाको सञ्चालन गरिरहेको छ । यहाँ मानविकी संकायबाहेक बिहानी र दिवा गरी दुई सिफ्टमा पढाइ हुन्छ । कलेजले विभिन्न विषयमा छात्रवृत्तिसमेत दिने गरेको छ । ‘सबै संकायमा उत्तिकै सेवा तथा सुविधाको व्यवस्था रहेको छ,’ प्रिन्सिपल इन्द्र मल्ल भन्छन्, ‘विद्यार्थीको इच्छानुसार ‘एक्स्ट्रा’ क्लास पनि चलाइराखेका छौं ।’
पिन्याकल एकेडेमी
विद्यार्थीको सर्वाङ्गीण विकासमा पिन्याकल एकेडेमीले प्रत्येक वर्ष पाठ्यक्रममा परिवर्तन ल्याउने गर्छ । ललितपुरको लगनखेलमा रहेको यस कलेजको पास प्रतिशत ९८ को हाराहारीमा रहेको कलेजका प्रिन्सिपल ऋषि तिवारी बताउँछन् । वि.सं २०५५ सालमा स्थापना गरिएको यस कलेजले प्लस टुका साथै बिबिएस र बिएससीका प्रोग्रामसमेत सञ्चालन गर्दै आएको छ । विद्यार्थीको हौसला बढाउन कलेजले अघिल्लो वर्षदेखि ‘लाइफ स्किल’ प्रशिक्षणको सुरुवात गरेको छ । ‘भाषा, प्रस्तुतीकरण, कम्युनिकेसनजस्ता सीपमूलक कार्यक्रमको व्यवस्था गरिएको छ,’ कलेजका कार्यक्रम संयोजक रवि तिमल्सिना भन्छन्, ‘हप्ताको एक–दुई दिन जीवनशैलीका विषयवस्तु समेटेर पढाउने गर्छौं ।’ विभिन्न क्षेत्रमा विज्ञता र अनुभव हासिल गरेका व्यक्तिबाट कलेज सञ्चालन भइरहेकाले विद्यार्थीलाई बजारले माग गर्ने सीप सिकाउनेमा जोड रहेको रवि बताउँछन् ।

चाणक्य कलेज
भक्तपुर शङ्खधर चोकमा अवस्थित चाणक्य कलेजले व्यवस्थापन शिक्षालाई विशिष्टीकरण गरेर उच्च गुणस्तरीय शिक्षामा योगदान दिँदै आएको छ । व्यवस्थापन संकायमा बिजनेस स्टडिज, कम्प्युटर साइन्स, ट्राभल एन्ड टुरिजम, होटल म्यानेजमेन्ट, एलिमेन्ट अफ फाइनान्स लगायतका विषय पढाइ हुँदै आएको छ ।
 अरनिको राजमार्गसँगै जोडिएकाले विद्यार्थीहरुको आवागमनका लागि पनि सहज वातावरण बनेको छ । ‘विगत ८ वर्षदेखिको परिणाम हेर्ने हो भने सरदर ९६ प्रतिशत विद्यार्थी कक्षा १२ को बोर्ड परीक्षामा उत्तीर्ण हुँदै आएका छन्,’ कलेजका प्रिन्सिपल बासुकी रेग्मीले भने । प्रशासनिक एवं अनुशासनमा विशेष ध्यान दिइने यस कलेजले विद्यार्थी तथा अभिभावक बीचको निरन्तर सहकार्यले उचाइ कायम गर्दै आएको छ । यहाँ क्याफ्टेरिया, सेमिनार हल, कलेज बस, खेलकुद मैदानजस्ता भौतिक पूर्वाधारको व्यवस्था छ । कलेजमा मल्टिमिडिया, इमेल, इन्टरनेटजस्ता प्रविधिमार्फत अध्ययन÷अध्यापन गराइन्छ ।
माल्पी इन्टरनेसनल कलेज
बालुवाटारमा रहेको माल्पीले ए लेभल र बिबिए अध्ययन–अध्यापन गराउँछ । कलेजका अनुसार ए लेभलका लागि  यति नै ग्रेड न्यूनतम भनेर तोकिएको छैन । जसले पनि ‘एप्लाई’ गर्न सक्छ । कलेजले लिने क्याम्ब्रिज मापदण्डको प्रवेश परीक्षा भने पार गर्नैपर्छ ।
लिटिल एन्जल्स
अन्तर्राष्ट्रिय स्तरको भौतिक पूर्वाधार भएको ललितपुरको हात्तीवनमा रहेको लिटिल एन्जल्स कलेजले सुलभ शुल्कमा अन्तर्राष्ट्रिय स्तरको गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ । यहाँ विज्ञान र व्यवस्थापन संकायको पढाइ हुँदै आएको छ । उत्कृष्ट शैक्षिक वातावरण रहेको एलएमा आवश्यक सामग्रीले भरिपूर्ण छ । विज्ञान, होटल म्यानेजमेन्ट, कम्प्युटरका प्रयोगशाला र अनलिमिटेड इन्टरनेटको सुविधा रहेको छ । लाइब्रेरीमा पनि पुग्दो कोर्स बुकको व्यवस्था गरिएको छ । विद्यार्थीलाई मनोरञ्जनका साथै खेलकुदमा करिअर बनाउन स्विमिङ पुल, जिम्न्यास्टिक हल, ब्याडमिन्टन, फुटबल ग्राउन्ड, भलिबल कोर्ट र टिटी कोर्ट रहेको छ । उपत्यकाका तीनै जिल्लामा यातायातको सुविधा छ । आर्थिक अवस्था कमजोर भएका विद्यार्थीका लागि  छात्रवृत्तिको बन्दोबस्त पनि छ । छात्रछात्रा दुवैका लागि छुट्टाछुट्टै होस्टलको समेत व्यवस्था गरिएको छ ।
डिएभी कलेज
विद्यार्थी अनुशासनमा विशेष जोड दिने गरेको डिएभी कलेजले सुरुकै वर्षदेखि उत्कृष्ट नतिजा निकाल्दै आएको दाबी गरेको छ । प्लस टुमा विज्ञान र व्यवस्थापन अध्यापन गराउँदै आएको यस कलेजले प्रयोगवादी शिक्षालाई उत्प्रेरित गर्न ल्याबको सुविधा दिएको छ । साथै इ–लाइब्रेरीको पनि व्यवस्था छ । मेडिकल साइन्स, इन्जिनियरिङमा कलेजले विशेष सफलता हात पारेको जनाएको छ । यहाँ अध्ययनबाहेक विभिन्न अतिरिक्त व्रिmयाकलापमा पनि जोड दिइन्छ । समयसमयमा सेमिनार, वर्कसप र फिल्ड भिजिटद्वारा विद्यार्थीका ज्ञानलाई बढाइने कलेजको दाबी छ ।
लिभरपुल इन्टरनेसनल कलेज
आवश्यकता अनुसारको सेवा सुविधा प्रदान गर्दै पठन–पाठन गराउँदै आएको लिभरपुल इन्टरनेसनल कलेजले उत्कृष्ट नतिजा हासिल गर्दै आएको छ । नयाँ बानेश्वरमा अवस्थित यस कलेजमा विज्ञान र व्यवस्थापन संकाय पढाइ हुँदैआएको छ । यहाँ प्लस टुसँगै बिबिएस र बिएसडब्लु कार्यक्रमसमेत सञ्चालित छ । विद्यार्थीको व्यक्तिगत विकासका साथै सिर्जनात्मक विकासका लागि पनि विभिन्न गतिविधि गरिँदै आएको कलेजको भनाइ छ ।
रिभेरा इन्टरनेसनल एकेडेमी
चाबहिल, मनमैजुमा अवस्थित रिभेरा इन्टरनेसनल एकेडेमीले २१ औं शताब्दी सुहाउँदो ‘लाइफ स्किल’ प्रशिक्षण प्रदान गर्छ । मार्केटमा बिक्न, भिज्न, टिक्न सक्ने बनाउन पर्याप्त प्रशिक्षण दिने कलेजले जनाएको छ । यस कलेजले पाठ्यक्रमलाई मात्र प्राथमिक नराखी इ–लर्निङको समेत अभ्यास गरिरहेको छ ।
किस्ट कलेज
कमलपोखरीमा अवस्थित किस्ट कलेजले विज्ञान र व्यवस्थापनमा प्लस टु कक्षा चलाइरहेको छ । यस कलेजमा त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त बिआइएम, बिबिए, बिबिएस, बिएससी (माइक्रो बायोलजी), एमबिएस तथा एमएससी (माइक्रो बायोलोजी) तथा पियुको बिआइटी कार्यक्रम सञ्चालित छ । कलेजले दर्जनौं शीर्षकमा छात्रवृत्ति दिने गरेको छ । विद्यार्थीलाई पर्याप्त शैक्षिक वातावरण दिलाएर प्राज्ञिक क्षमता र व्यावसायिक दक्षता दिलाउन लागिपरेको कलेजले जनाएको छ ।
अनुपम कलेज
लाजिम्पाटस्थित यस कलेजले प्लस टु कार्यक्रम चलाइरहेको छ । कलेजमा व्यवस्थापन र मानविकी संकाय सञ्चालनमा छ । थोरै विद्यार्थी तर गुणस्तरीय शिक्षा प्रदान गर्ने कलेजले जनाएको छ ।
काठमाडौँ बनहार्ट कलेज
विभिन्न विषयविज्ञबाट सञ्चालित बनहार्टले काठमाडौंको बाफल, बल्खु र ताहाचलमा विभिन्न संकायका कलेज चलाइरहेको छ । बल्खुमा प्लस टुका कक्षा सञ्चालन हुन्छन् । प्लस टुमा विज्ञान, व्यवस्थापन र मानविकी संकायमा यहाँ भर्ना लिइन्छ । प्लस टुसँगै बिबिए, बिएससी–सिएसआइटी र एमबिएस कार्यक्रम पनि सञ्चालित छ । नेपाली शैक्षिक बजारमा पछिल्लो पटक बढेको अस्वस्थ प्रतिस्पर्धालाई चिर्न आफूहरुले ‘भनेर होइन, गरेर देखाउने’ अभ्यास गरिरहेको यस कलेजका सञ्चालकको भनाइ  छ । यस कलेजले विद्यार्थीहरुलाई बेलाबेलामा करिअर काउन्सिलिङ पनि गर्दै आएको छ ।
कान्जिरोवा नेसनल उच्च मावि
प्लस टुमा व्यवस्थापन र विज्ञान संकायका कक्षा चलाइरहेको  कान्जिरोवाले विद्यार्थीको सम्पूर्ण विकासमा विशेष जोड दिने गरेको कलेजले जनाएको छ । यहाँका फ्याकल्टी सदस्य दक्ष र पुराना छन् । करिअर काउन्सिलिङसँगै मेडिकल र इन्जिनियरिङको इन्ट्रान्स तयारीसमेत गराइन्छ यहाँ । नयाँ शैलीले पढाउनेसँगै ग्रुप डिस्कसन, विद्यार्थीको प्रत्यक्ष सहभागितामा प्रोजेक्ट वर्क पनि गराइन्छ । विद्यार्थीमा रहेको  सम्भावनालाई मध्यनजर गर्दै खेलकुदमा अघि बढ्न स्पोर्टस् हल र प्रशिक्षकको पनि व्यवस्था छ ।
गोल्डेनगेट कलेज
विद्यार्थीको आत्मविश्वास बढाउन विभिन्न गतिविधिलाई मध्यनजर राखेको यस कलेजले विज्ञान, व्यवस्थापन र मानविकी संकाय चलाइरहेको छ । यहाँ प्लस टुका साथै प्रिमेडिकल र प्रिइन्जिनियरिङ कोर्स पनि गराइन्छ । ‘इन्टर्याक्टिभ’ कक्षा अभ्यास यहाँको आकर्षण हो । ‘वर्कसप’को माध्यमबाट विश्वमा भएका नयाँ–नयाँ अनुसन्धान र अभ्यासको विषयमा जानकारी दिने गरिएको छ । विज्ञान संकायका विद्यार्थीलाई विषय अनुसारको ‘वेल इक्विप्ड’ प्रयोगशाला रहेको छ । अडियो, भिज्युअलमार्फत विद्यार्थीलाई बुझाउने कोसिस गरिन्छ ।
टेक्सस इन्टनेसनल कलेज
व्रिmयाशील व्यक्तित्वद्वारा खोलिएको टेक्सस इन्टरनेसनल कलेज एक सुविधासम्पन्न शैक्षिक संस्था हो । पढाइका साथै विभिन्न अतिरिक्त क्रियाकलापमा पनि कलेजले त्यति नै जोड दिने गरेको छ । प्लस टुमा विज्ञान, व्यवस्थापन र मानविकी संकायसँगै बिबिएस, बिएससी–सिएसआइटी प्रोग्राम सञ्चालन गरिरहेको छ । ए लेभल, बिएससी (माइक्रोबायोलजी), बिएससी (वातावरण विज्ञान) तथा बिएससी (जियोलोजी) पनि यही वर्षबाट सञ्चालन गरिने कलेजले जनाएको छ । यहाँ बस, कम्प्युटर विज्ञान ल्याब, इन्टरनेट आदिको सुविधा छ । विद्यार्थीलाई शैक्षिक भ्रमणमा पनि बेलाबेलामा लैजाने गरिएको छ । कलेजले मास कम्युनिकेसनका विद्यार्थीलाई रेडियो÷टेलिभिजन भिजिट गराउँछ । रिजल्टभन्दा पनि विद्यार्थीको अनुशासनमा बढी ध्यान दिने कलेजको भनाइ छ ।
पेन्टागन इन्टरनेसनल कलेज
स्थापनाकालमै विद्यार्थी तथा अभिभावकको पहिलो रोजाइमा परेको दाबी छ पेन्टागन कलेजको । ख्यातिप्राप्त तथा अनुभवी प्राज्ञिक व्यक्तिहरूको समूहबाट कलेज सञ्चालन हुँदै आएको छ ।  
‘नेपाली शिक्षालाई विश्वस्तरीय बनाउन आधुनिक शिक्षण विधि प्रयोग गरेका छौँ,’ कलेजका शैक्षिक निर्देशक डा. कृपाराम मेहता भन्छन्, ‘मोडेल, चार्ट, ओभरहेड प्रोजेक्टर तथा मल्टिमिडियाजस्ता सामग्रीबाट  विद्यार्थीलाई सरल ढंगबाट बुझाउँछौँ ।’
अन्तर्राष्ट्रिय मापदण्डअनुसारका प्रयोगशाला र सुविधासम्पन्न वातावरण यहाँ पाइन्छ । विद्यार्थीलाई पारिवारिक वातावरण सिर्जना गरी भयरहित वातावरणमा पढाइ हुने यहाँका शिक्षकहरुको भनाइ छ । लिफ्टजस्ता उपकरणको पनि सुविधा छ । कलेजले विज्ञान, व्यवस्थापन र मानविकीमा कक्षा सञ्चालन गर्छ । कलेजले अढाई सय विद्यार्थीलाई विभिन्न शीर्षकमा छात्रवृत्ति दिने गरेको छ ।
क्यारेबियन कलेज
‘मैत्रीपूर्ण वातावरणमा विद्यार्थीले बढी सिक्छन्’ भन्ने मान्यता बोकेको क्यारेबियन कलेजले प्लस टुमा विज्ञान, व्यवस्थापन र मानविकीका कक्षा सञ्चालित गर्दै आएको छ । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस कलेजमा बिबिएस र एमबिएसका कक्षा पनि सञ्चालित छन् । उत्कृष्ट नतिजा दिएर अभिभावकमाझ लोकप्रिय भएको कलेज विद्यार्थीको सफल भविष्य निर्माणमा जुटेको छ । कलेजले विद्यार्थीको प्रदर्शन, आवश्यकता तथा परिवारको आर्थिक अवस्था हेरेर छात्रवृत्ति दिने गरेको छ । बीचबीचमा भइरहने टर्मिनल परीक्षा पनि छात्रवृत्तिको आधार बन्ने गरेको छ । अतिरिक्त क्रियाकलापमा अब्बल मानिने क्यारेबियन कलेजले सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक सीपमा पनि जोड दिने गरेको छ ।
भीएस निकेतन कलेज
काठमाडौं मीनभवनमा अवस्थित यस कलेजले प्लस टुमा विज्ञान र व्यवस्थापन संकाय चलाइरहेको छ । अनुभवी, दक्ष तथा लगनशील शिक्षकहरुद्वारा कलेज सञ्चालन भइरहेको छ । प्लस टुसँगै यहाँ बिबिए पनि पढाइ हुन्छ । आवश्यकता अनुसारका सेवासुविधा प्रदान गर्दै आएको यस कलेजमा विज्ञान र व्यवस्थापनमा विद्यार्थीको बाक्लो उपस्थिति हुने गरेको  छ ।
नासा इन्टरनेसनल कलेज
‘आकाश नै मेरो सीमा हो’ भन्ने लक्ष्यका साथ अघि बढिरहेको नासा इन्टरनेसनल कलेजले राजधानीका अन्य कलेजमध्ये अब्बल र फरक धार बन्न सफल भएको दाबी गर्छ । गैरीगाउँ तीनकुनेमा अवस्थित यस कलेज विगत १० वर्षदेखि शिक्षाको क्षेत्रमा फरक–फरक आयाम थप्न सफल भएको छ । हरेक वर्ष उत्कृष्ट नतिजा दिन सफल यस कलेजले पढाइबाहेक पनि विद्यार्थीलाई आफ्नो सीप क्षमता एवं दक्षताअनुसार खेलकुद क्षेत्रमा समेत विशेष ध्यान दिँदै आइरहेको छ ।
कलेजमा पाठ्यक्रम र विषय अनुसारका फरक–फरक प्रयोगाशाला रहेका छन् । यातायातको राम्रो सुविधाका साथै आधुनिक स्तरको पुस्तकालय छ । यहाँ होस्टेलको पनि सुविधा रहेको छ । विभिन्न विषयमा विद्यार्थीलाई छात्रवृत्तिको समेत व्यवस्था रहेको छ । कलेजले हाल प्लस टु र बिबिए, बिबिएस र बिएसडब्लु प्रोग्राम सञ्चालन गर्छ । प्लस टुमा विज्ञान, व्यवस्थापन र मानविकी संकायमा पढाइ हुन्छ ।
बिहानी र दिवा गरी कलेजले दुई सिफ्टमा कक्षा सञ्चालन गर्छ । मास कम्युनिकेसनका विद्यार्थीले विभिन्न कार्यक्रम आयोजना गरी विद्यार्थी र कर्मचारीहरूलाई सामाजिक काममा अग्रसर गराउँदै आएको छ । विज्ञानका विद्यार्थी पनि विषय सम्बन्धित अनुसन्धानमा सरिक गराउने यस कलेजले बिएचएम, एमबिएस, एमबिआई–बिआई लगायत अन्य शैक्षिक कार्यक्रम सञ्चालन गर्ने योजना गरिरहेको छ ।
एभरेस्ट फ्लोरिडा एचएस स्कुल
प्लस टुमा विज्ञान, व्यवस्थापन र मानविकी संकायमा भर्ना लिने यस कलेजले बिबिएस, बिबिए र बिएससी–सिएसआइटी, बिएचएम र एमबिए कार्यक्रम चलाइरहेको छ । शान्तिनगरमा अवस्थित कलेजले देशविदेशमा बिक्न सक्ने ‘स्किलफुल’ जनशक्तिको उत्पादनमा जोड दिएको छ । शैक्षिक क्षेत्रमा स्थापित अनुभवी व्यक्तिहरुबाट सञ्चालित कलेजले स्थापनादेखि नै उत्कृष्ट नतिजा ल्याएको दाबी गरेको छ । डाक्टर क्लब, इन्जिनियरिङ क्लब र बिजनेस क्लब गरी तीन वटा छुट्टाछुट्टै क्लबको पनि व्यवस्था रहेको कलेजले जनाएको छ ।
साउथ वेस्टर्न स्टेट कलेज
इन्टरनेसनल अर्गनाइजेसन फर स्ट्यान्डर्ड (आइएसओ) बाट सर्टिफाइड  यस कलेजको स्थापना २०६६ सालमा भएको हो । स्थापनाकालमै १३६ विद्यार्थी सङ्ख्याबाट सुरु भएको यस कलेजमा हाल ३ हजारभन्दा बढी विद्यार्थीको बाक्लो उपस्थिति रहेको कलेजका भाइस प्रिन्सिपल हरि सिंह केसी बताउँछन् ।
काठमाडौं बसुन्धरामा रहेको यस कलेजले सिकाइ, अनुसन्धान र सामाजिक कार्यलाई मूल प्राथमिकता दिने गरेको कलेजले जनाएको छ । घोक्ने कार्यलाई निरुत्साहित गर्दै व्यावहारिक र ‘भ्यालु बेस्ड एजुकेसन’ मा केन्द्रित यस कलेजमा सेमिनार, वर्कसप र ट्रेनिङसमेत आयोजना गरिन्छ ।  विद्यार्थीलाई भिडभाडमा प्रस्तुत हुने कला पनि कलेजमा सिकाइन्छ । कलेजले लन्डन चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्री (एलसीसीआई) को समेत सम्बन्धन लिएको छ । कलेजले गरिब, दलित, जनजाति, उत्कृष्ट नतिजा, भूकम्प पीडितलगायत शीर्षकमा छात्रवृत्तिको पनि व्यवस्था गरेको छ ।
 विद्यार्थीमा रहेको प्रतिभालाई प्रस्फुटन गर्ने ध्येयले हरेक महिना ‘साउथ वेस्टर्न न्युज लेटर’मा विद्यार्थीले तयार गरेका लेख–रचना प्रकाशन गर्ने गरेको छ । ‘साउथ वेस्टर्न एजुकेसन हब’ त्रैमासिक पत्रिकामा राष्ट्रिय अन्तर्राष्ट्रिय विज्ञहरूका अनुसन्धानमूलक लेखहरुलाई पनि कलेजले प्राथमिकता दिने गरेको छ ।

नाइटिङ्गेल कलेज
 ‘सिकाएर गराउने’ तथा ‘गराएर बुझाउने’ पद्धतिमा अघि बढिरहेको नाइटिङ्गेल कलेज वि.सं. २०५७ सालमा स्थापना भएको हो । प्लस टुमा विज्ञान र वाणिज्यशास्त्र यी विषयमा यहाँ अध्ययन–अध्यापन गराइन्छ । यो कलेज प्रवीणता प्रमाणपत्र तहको नर्सिङ अध्ययन गर्न चाहने विद्यार्थीको रोजाइमा पर्ने गरेको छ । पढ्नका लागि यहाँ फराकिला कक्षाकोठा छन् । ‘वेल स्टक’ लाइब्रेरी र विज्ञान ल्याबको पनि सुविधा छ । शिक्षकका लागि छुट्टै मिटिङ रुमको पनि उचित व्यवस्था गरिएको छ । विद्यार्थीलाई आवश्यकता अनुसारको मल्टिमिडिया प्रोजेक्टर र ओभर हेड प्रोजेक्टर (ओएचपी) पनि प्रयोग गरिन्छ । खेलकुद रुचाउनेका लागि पनि बास्केट बल कोर्टको पनि सुविधा रहेको छ । ‘टिमवर्क’ मा विश्वास राखी विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने कलेजको भनाइ छ ।

सिजी एजुकेसन
चौधरी ग्रुप एजुकेसनले शिक्षा क्षेत्रमा गुणस्तरीय र अन्तर्राष्ट्रियस्तरको शिक्षा दिँदै आएको छ । यसअन्तर्गत अहिले ११ वटा संस्था सञ्चालित छन् । काठमाडौं बाँसबारीस्थित चाँदवाग विद्यालय स्थापना गरेर शैक्षिक क्षेत्रमा अभियान सुरु गरेको सिजी एजुकेसनका प्रमुख भूषण गुरुङ बताउँछन् । सिजीअन्तर्गत भारतको दिल्लीमा रहेको माध्यमिक शिक्षा केन्द्रीय बोर्डसँगको सम्बन्धनमा पढाइ हुने गरेको छ । विश्वभर नै फैलिएको विश्वविद्यालय मणिपाल र क्याम्ब्रिजसँगको समन्वयमार्फत पनि सिजीले शिक्षा सेवा प्रदान गर्दैआएको छ ।
सिजी एजुकेसनबाट सञ्चालित लगनखेलस्थित क्याम्पियन एकेडेमीले प्लस टु, क्याम्ब्रिज ए लेभल प्रोग्राम चलाइरहेको छ । प्लस टुमा विज्ञान, व्यवस्थापन र मानविकी संकायमा कलेजले पढाउँदै आएको छ । सिजी एजुकेसनबाटै सञ्चालित कुपन्डोलस्थित क्याम्पियन कलेजमा बिबिए, बिबिएस, बिए (बीएसडब्लु), एमए, एमबिएस प्रोग्राम सञ्चालन गर्दै आएको छ । यहाँ पठनपाठनलाई आवश्यक पर्ने सेवा तथा सुविधा पाइन्छ । लाइब्रेरी, खेलमैदान, कलेज भ्रमण स्मार्ट कक्षाकोठाको पनि उचित व्यवस्था रहेको छ । विज्ञान विषयका विद्यार्थीलाई ‘वेलइक्विप्ड’ ल्याब र मानविकीका विद्यार्थीलाई ‘इन्टर्नसिप’को समेत बन्दोबस्ती कलेजले गर्दै आएको छ । चौधरी ग्रुपबाट सञ्चालन भएकाले विद्यार्थीलाई बेलाबेलामा कारखानातिर पनि लग्ने गरेको तामाङको भनाइ छ ।
जेभियर एकेडेमी
सन् १९९७ मा स्थापना भएको जेभियर एकेडेमीले यस वर्ष आफ्नो शैक्षिक उत्कृष्टताको बीसौं वार्षिकोत्सव मनाउँदैछ । विगत दुई वर्षदेखि यहाँँ अध्ययन/अध्यापनको राम्रो वातावरण सिर्जना गर्न थप भौतिक संरचनाको व्यवस्था गरिएको छ । काठमाडौं लाजिम्पाटस्थित यस कलेजमा दक्ष तथा अनुभवी शिक्षकद्वारा विज्ञान र व्यवस्थापन संकाय अध्ययन–अध्यापन गराइन्छ । यहाँ ९० प्रतिशतभन्दा बढी विद्यार्थीले राम्रो रिजल्ट ल्याउने गरेको कलेजले जनाएको छ । यसका अतिरिक्त फिल्ड भिजिट, विभिन्न विषयमा तालिम पनि कलेजले समयसमयमा दिने गर्छ ।
जेभियर एकेडेमीले काठमाडौं डनबस्को अन्तर्गतको एमबिए /इएमबिएस सन् २०१५ जनवरीदेखि सोही भवनमा सञ्चालन गर्दै आएको छ । यस वर्षदेखि प्लस टुसँगै बिबिए कार्यक्रम पनि सञ्चालन गर्न गइरहेको कलेजका प्रिन्सिपल प्रा.डा. श्रीराम भगत माथेले बताए । यहाँ शैक्षिक सुविधाका साथै विज्ञान प्रयोगशाला, चमेना गृह, पुस्तकालयको सुविधा छ । द्रुत गतिको वाइफाई, खेलकुदमा रुचि राख्ने विद्यार्थीका लागि बास्केट बल तथा टेबल टेनिस कोर्टको पनि व्यवस्था छ ।

हरिसिंह केसी
सहायक क्याम्पस प्रमुख
साउथवेस्टर्न क्याम्पस, बसुन्धरा, काठमाडाैं

एसइईपछि अब विद्यार्थीहरू कसरी अगाडि बढ्ने होला ?
पहिलो  आधार त एसइईको नतिजा नै हो । विद्यार्थीले आफ्नो रुचिलाई ध्यानमा राख्नुपर्छ । जिपिए बढी आउँदैमा साइन्स नै पढ्नुपर्छ भन्ने छैन । जुनसुकै विषय पनि पढ्न सकिन्छ ।
शिक्षा महँगो भयो भन्ने अभिभावकहरुको गुनासोमा के भन्नुहुन्छ ?
सरकारले न्यूनतम र अधिकतम शुल्क तोकेको छैन । सबैले आ–आफ्नै तरिकाबाट शुल्क निर्धारण गरिरहेका हुन्छन् । त्यस्तै अस्वस्थ प्रतिस्पर्धा पनि उत्तिकै छ । तर वास्तवमा स्कुुलको भन्दा कलेजको शुल्क एकदमै कम छ ।
एसइई दिएर कलेजको खोजीमा हिँडेका विद्यार्थीहरुलाई के सुझाव दिनुहुन्छ ?
विद्यार्थीहरुको भविष्य निर्धारण गर्ने भनेको यही दुई वर्षको समय हो । त्यसैले यसको विषयमा धेरै कुरामा ध्यान पुर्याउनुपर्छ ।
–    आफूले पढ्ने कलेजको बारेमा राम्रोसँग बुझ्नुपर्छ ।
–    आफू आबद्ध हुन लागेको संकायमा के कस्ता सेवा सुविधा छन् जानकारी राख्नुपर्छ ।
–    कलेजमा पढ्ने वातावरण छ÷छैन बुझ्नुपर्छ ।
–    विगतमा कलेजले ल्याएको नतिजाको बारेमा सोधखोज गर्नुपर्छ ।
–    त्यहाँ पढेका विद्यार्थीहरु कुन–कुन क्षेत्रमा स्थापित भएका छन् बुझ्नुपर्छ ।
–    साथीहरुको तालमा लाग्नुहुँदैन ।

 

Leave A Comment