कमअन प्रियंका, ग्रो अप

बिहिबार, ०८ असार २०७४, ०१ : २९ शुक्रवार , Kathmandu
कमअन प्रियंका, ग्रो अप

घटना अलि अगाडिको हो । फिल्म ‘नाइँ नभन्नू ल २’को सफलतामा फिल्म युनिटले गरेको कार्यक्रममा प्रियंका अन्डरवेयर देखाएर पत्रकारका अगाडि निर्धक्क बसिन् । पत्रकारले फोटो खिचे । जब त्यो फोटो बाहिर आयो, प्रियंकाले पत्रकारलाई आरोप लगाइन्, ‘फोटो पत्रकारले बदनाम गर्नका लागि फोटोसप गरेर त्यस्तो फोटो छापिदियो ।’ पछि थाहा भयो, उनी लुगा असरल्ल छाडेर मोबाइल खेलाउन थाल्दा पत्रकारले फोटो खिचेका रहेछन् । दुनियाँले प्रियंकाकै दोष देख्यो ।
कुरा यो पनि अलि अगाडिकै हो जब प्रियंकालाई सोधियो ‘सेक्सका लागि कुन पोजिसन राम्रो लाग्छ ?’ प्रियंकाले निर्धक्क भनिन्, ‘डाइनिङ टेबलमा सेक्स गर्न सबैभन्दा मजा लाग्छ ।’
एक वर्षअघि ‘हाउ फन्नी’ रिलिजको संघारमा प्रियंकाले भावुक हुँदै सामाजिक सञ्जालमा लामो स्ट्याटस लेखिन् । स्ट्याटसमा उनको गुनासो थियो, उनले सामाजिक सञ्जालमा जति पनि स्ट्याटस लेख्छिन्, त्यसको तल उनलाई तथानाम गाली गरेर लेखिएको हुन्छ । मेरो मन रुवाउनेका लागि भन्दै लेखेको स्ट्याटस साँच्चिकै मन छुने थियो र अन्त्यमा उनले प्रश्न गरेकी थिइन्, ‘यदि तपाईं कलाकारलाई सम्मान गर्नुहुन्न भने कसले गर्छ ?’
घटना गत शनिबारको हो । प्रियंका आफ्ना नयाँ ब्वाइफ्रेन्ड आयुष्मान देशराजसँग एउटा अवार्ड समारोहमा सार्वजनिक स्थलमै एक चोटि होइन दुईदुई चोटि अधर चुम्बनमा लिप्त भइन् ।
प्रियंकालाई हाम्रो प्रश्न, सार्वजनिक स्थलमा नारीको अनि अभिनेत्रीको मर्यादा राख्न नसक्ने अनि तपाईंलाई हामीले किन सम्मान गर्ने ? तपाईंको जस्तो प्रेम अरुले पनि गरेका छन् अनि अवार्ड अरुले पनि त पाए नि हैन र ?

 

Leave A Comment