बेकामे पब्लिसिटी स्टन्ट

मङ्गलबार, ०६ असार २०७४, ०१ : ३२ शुक्रवार , Kathmandu
बेकामे पब्लिसिटी स्टन्ट

फिल्मको प्रचारका लागि कहिलेकाहीँ निर्माता–निर्देशक हदभन्दा बढी बुद्धि बिगार्छन् । रेखा थापा यसको पछिल्लो उदाहरण बनेकी छन् ।
रेखा हाल आफैं निर्मातासमेत रहेको ‘रुद्रप्रिया’को सुटिङ गरिरहेकी छन् । तनहुँको बन्दिपुरमा फिल्मको सुटिङ भइरहेको छ तर मंगलबार केही अनलाइनमा के समाचार आयो भने निर्देशकले ‘इन्टिमेट सिन’ गर्न दबाब दिएपछि रेखा थापा र यो फिल्मका अर्का कलाकार आर्यन सिग्देल काठमाडौं हिँडे । समाचारमा भनिएको थियो, स्थिति तनावग्रस्त भएपछि दुवै कलाकार मनाउन रेखाकी आमा र फिल्मका असली निर्माता रमेश पौडेल बन्दिपुर जाने तयारीमा छन् ।
समाचारको बारेमा अलिकति पनि जानकारी हुनेले सजिलै अनुमान लाउन सक्छ, यो सबै फिल्मको पब्लिसिटी स्टन्ट हो । दुनियाँमा कहीँ पनि निर्माता  सुटिङ सेट छाडेर सितिमिति फर्कँदैनन् । कलाकार, निर्देशक वा प्राविधिक बरु कुरा नमिल्दा सेट छाडेर हिँड्छन् । यहाँ त रेखा कलाकार मात्र होइनन्, फिल्मकी निर्मातासमेत हुन् । यस्तोमा आफैँलाई घाटा लाग्ने गरी सुटिङ सेट छाड्ने काम कुनै पनि विवेकी निर्माताले गर्दैन । झन् रेखाले आफैं सेट छाडछिन् भन्नु त कल्पनाभन्दा परको कुरा हो । हामीले रेखाले ‘हिम्मतवाली’ फिल्मका निर्देशक श्याम भट्टराईलाई निकालेको बिर्सिएका छौंँ र ?

Leave A Comment