जिपिएसको विकल्प

मङ्गलबार, ०६ असार २०७४, ०१ : १८ शुक्रवार , Kathmandu
जिपिएसको विकल्प

ग्लोबल पोजिसनिङ सिस्टम अर्थात् जिपिएसको काम भन्नु भूउपग्रहबाट पृथ्वीमा रहेका जुनसुकै ठाउँमा रहेका वस्तु वा स्थानको पहिचान गर्नु हो । यो अमेरिकी प्रणाली हो । यतिबेला युरोपले संयुक्त रुपमा यस्तै किसिमको नेभिगेसन प्रणाली ग्यालिलियो बनाएको छ । ग्यालिलियो निर्माताहरुको दाबी छ, यो अमेरिकाको जिपिएसभन्दा तीव्र गतिको र सटिक परिणाम दिने किसिमको छ ।
समुद्रमा तैरिने विशाल पानी जहाज होऊन् या आकाशमा उड्ने विमान, नेभिगेसनबिना तिनलाई चलाउनु लगभग असम्भव छ । हिजोआज त कतिसम्म भइसकेको छ भने अधिकांश सवारी साधनमा पनि नेभिगेसन जोडिएको छ ।
अमेरिकी स्याटेलाइटहरु जोडेर बनाइएको जिपिएसभन्दा उम्दा परिणाम दिने हिसाबले ग्यालेलियो बनाइएको हो । ग्यालिलियोका स्याटेलाइटहरुले जिपिएसभन्दा शक्तिशाली संकेत र फ्रिक्वेन्सीहरु पृथ्वीमा पठाउने गर्छ । यसका कारण संसारमा जुनसुकै ठाउँको जानकारी पनि अझै बढी सटिक ढंगले पाइन्छ ।
यस किसिमको मिसनको निगरानी जर्मनीस्थित ग्यालिलियो कन्ट्रोल सेन्टरबाट हुने गरेको छ । यस कामका लागि अनुभवी प्राविधिकहरुले उम्दा परिणाम दिने गरी काम गर्ने गरेका छन् । एयर एन्ड स्पेस ट्रिप टेक्निसियनका रुपमा परिचित क्रिस्टियान आरबिंगर भन्छन्, ‘सन् २०११ देखि हाम्रा भूउपग्रहहरु उडानमा छन् र हाम्रो टोलीले तिनलाई यहीँबाट नियन्त्रित गरिरहेका छौँ ।’
आगामी दिनमा यस केन्द्रले थप १८ वटा ग्यालिलियो भूउपग्रहलाई यस केन्द्रसँग जोडिनेछ । यो एउटा ठूलो परियोजना हो । यसलाई पूरा गर्नका लागि संसारभरिकै एक सय वैज्ञानिक र प्राविधिक मिली काम गरिरहेका छन् । आरबिंगर भन्छन्, ‘हाम्रो काम भन्नु नै भूउपग्रहहरुलाई सुरक्षित ढंगमा उडाउनु हो । सफल सुरुवातपछि हामी रुटिनयुक्त काम गर्छौं र आवश्यक नेभिगेसन डाटा तान्ने गर्छौं ।’
ग्यालिलियोले सुरुवाती दिनमा केही प्राविधिक समस्या नझेलेको होइन । सन् २०११ म एउटा रुसी रुकेटका माध्यमबाट ग्यालिलियोका पहिलो चरणको उपग्रह पठाइएको थियो । पृथ्वीभन्दा २० हजार किमि माथि पुगेपछि भूउपग्रह निर्धारित कक्षमा स्थापित हुन्छन् । यस्ता उपग्रहहरु यसरी स्थापित गरिउका हुन्छन् कि तिनले पृथ्वीको एक एक सेन्टिमिटरको हिसाबकिताब राख्न सकून् । २०२० सम्म ३० वटा ग्यालिलियो भूउपग्रह पठाउने तयारी भइरहेको छ । यसको सहयोगबाट नै पृथ्वीमा जहाँसुकै पनि निःशुल्क नेभिगेसन गर्न सम्भव हुनेछ ।
यस अभियानको पूरापूर खर्च पाँच अर्ब युरो पुग्ने अनुमान गरिएको छ । अन्तरीक्षमा पुगेको ग्यालिलियोका आँखाले भविष्यमा पृथ्वीका मानिसलाई अझै राम्रो, स्तरीय र छरितो नेभिगेसन उपलब्ध गराउनेछ ।

 

Leave A Comment