क्यामेराबाट फेसबुकको निगरानी

सोमबार, ०५ असार २०७४, ०३ : ०१ शुक्रवार , Kathmandu
क्यामेराबाट फेसबुकको निगरानी

फेसबुकले कम्प्युटरको वेबक्याम र स्मार्टफोनमा रहेको क्यामेराको माध्यमबाट प्रयोगकर्ताहरुको गोप्य रुपमा निगरानी गर्ने तथा प्रयोगकर्ताको गतिविधि रेकर्ड गर्ने योजना बनाइरहेको छ ।
फेसबुकले दर्ता गराएको एक टेक्नोलोजी पेटेन्टका बारेमा हालै खुलासा भएको छ । जसअनुसार फेसबुक अब प्रविधिको माध्यमबाट प्रयोगकर्ताका प्रतिक्रिया तथा आनीबानीका विषयमा जानकारी हासिल गर्नेछ र सोही आधारमा प्रयोगकर्तालाई सामग्रीहरु पस्किनेछ ।
फेसबुकमा देखिने कन्टेन्टहरुको बारेमा प्रयोगकर्ताले कस्तो प्रतिक्रिया जनाउँछन् भन्ने कुराको निगरानी गर्न वा रेकर्ड राख्ने काम उक्त प्रविधिले गर्नेछ । साथै फेसबुकमा लामो समयसम्म टिकाइराख्ने तस्बिरको समेत फेसबुकले विश्लेषण गर्नेछ । यसक्रममा क्यामेराबाट खिचेको प्रयोगकर्ताको मुखाकृतिको विश्लेषण गर्नेछ ।
तपाईँले फेसबुकमा कसैले राखेको तस्बिर हेरेर मज्जा लिनुभयो र मुस्कुराउनुभयो भने तपाईँको त्यो अभिव्यक्तिको आधारमा फेसबुकले तपाईँको न्यूज फिडमा सोही व्यक्तिका अन्य तस्बिर पनि देखाइदिनेछ ।
यदि तपाईँले कुनै तस्बिर वा भिडियो हेरेर बेखुस भई तत्काल फेसबुकबाटै बाहिरिनुहुन्छ वा स्क्रिनबाट नजर हटाउनुहुन्छ भने फेसबुकले तपाईँको न्युजफिडमा यस्तो खाले भिडियो तथा फोटोहरु देखाउन बन्द गर्नेछ । विज्ञापनको मामिलामा पनि यो लागू हुनेछ ।
फेसबुकले भने आधिकारिक रुपमा यस विषयमा कुनै प्रतिक्रिया जनाएको छैन ।

 

Leave A Comment