न ‘घर’ बन्यो न, ‘जालो’ सफा भयो

सोमबार, ०५ असार २०७४, ०२ : ५९ शुक्रवार , Kathmandu
न ‘घर’ बन्यो न, ‘जालो’ सफा भयो

बाहिरतिर हो भने चलेका कलाकारका फिल्म एकैदिन लाग्न त परका कुरा वर्ष दिनमा पनि रिलिज हुन्नन् । बलिउड कलाकार आमिर खानका फिल्म दर्शकले सितिमिति एक वर्षमा पनि हेर्न पाउन्नन् तर नेपालमा महिना दुई महिनामा एकै कलाकारको फिल्म रिलिज हुनु त सामान्य भइहाल्यो, एकै दिन पनि लाग्छन् । अघिल्लो शुक्रबार अभिनेत्री मेनका प्रधान अभिनित दुई फिल्म एकै दिन रिलिज भए, ‘रातो घर’ र ‘जालो’ । तर दुवै फिल्मले मेनकालाई फाइदा गराएनन् । बनेर लामो समयपछि रिलिज भएको फिल्म ‘रातो घर’ हेर्न पूर्व प्रधानमन्त्री केपी ओलीसम्म गए तर पनि फिल्म दर्शकलाई रुचिकर लागेन ।
त्यस्तै अवस्था ‘जालो’को पनि रह्यो । फिल्म गिनिज वल्र्ड रेकर्ड्स लागि एकै सटमा खिचिएको भनेर खुबै हल्लाखल्ला गरिएको थियो । ट्रेलर रिलिज भएपछि रुसी दर्शकहरुले समेत चासो राखेका थिए तर फिल्मले समीक्षकबाट राम्रै रिभ्यु पाए पनि दर्शकबाट साथ पाएन । दुवै फिल्ममा हिरोइन रहेकी मेनुका फिल्ममा भए नभएको कसैलाई पत्तो भएन ।
जति फिल्म खेले पनि फिल्म हिट नहुँदासम्म फ्लप हिरोइनको ट्याग हट्दैन । सबैलाई थाहा छ, मेनका उम्दा अभिनेत्री हुन् तर फिल्म हिट नहुँदासम्म उनको उम्दापन कसले ख्याल गर्छ र ?

Leave A Comment