ओप्पोको एफथ्री ब्ल्याक भर्जन

सोमबार, ०५ असार २०७४, ०२ : ५४ शुक्रवार , Kathmandu
ओप्पोको एफथ्री ब्ल्याक भर्जन

क्यामेरा फोन ब्रान्ड ओप्पोले कालो रङमा एफथ्रीको नयाँ संस्करण सार्वजनिक गरेको छ । मध्यम वर्गीय बजार लक्षित एफथ्री ब्ल्याक संस्करणको मूल्य ३२ हजार ९ सय ९० रुपैयाँ निर्धारण गरिएको कम्पनीले जनाएको छ ।
कम्पनीले केही समयअघि ओप्पो एफथ्री प्लसपछि सार्वजनिक गरेको एफथ्री गोल्ड, डुअल फ्रन्ट क्यामेरासहित गु्रप सेल्फी पुस्ता लक्षित दोस्रो स्मार्टफोन हो । ओप्पो एफथ्रीमा डुअल फ्रन्ट क्यामेरा उपलब्ध छ । एकल सेल्फीका लागि फोनमा १६ मेगा पिक्सेल र गु्रप (सामूहिक) सेल्फीका लागि वाइड एंगल लेन्स सहितको क्यामेरा जडान गरिएको छ ।
उपभोक्ताको आवश्यकताअनुसार उत्पादन उपलब्ध गराउने आफ्नो प्रतिबद्धता पूरा गर्दै ब्रान्डले उपभोक्ता, विशेषगरी युवा पुस्तासँग आफ्नो सम्बन्ध थप सुदृढ गर्न चाहेको छ । कम्पनीका अनुसार एफथ्रीको ब्ल्याक भर्जन नेपाली बजारमा जेठ २७ देखि प्रमुख मोबाइल बिक्री केन्द्रमार्फत् सर्वत्र उपलब्ध हुनेछ ।
‘उपभोक्ता मागको सुनुवाइ गर्दै तिनको आवश्यकताअनुरुप उत्पादन उपलब्ध गराउनु हाम्रो प्रमुख प्राथमिकता हो,’ ओप्पो एफथ्रीको ब्ल्याक भर्जन सार्वजनिक गर्दै ओप्पो नेपालका प्रमुख कार्यकारी अधिकृत जोनी जीले भने, ‘नेपाल प्रवेश गर्दादेखि नै हाम्रा उपभोक्ता, तिनमा पनि विशेषगरी युवा पुस्ताले फोनमा रङको विकल्प माग गर्दै आइरहेका थिए ।’

Leave A Comment