श्वासको गन्ध कसरी हटाउने ?

आइतबार, ०४ असार २०७४, १२ : १३ शुक्रवार , Kathmandu
श्वासको गन्ध कसरी हटाउने ?

सास गन्ध आएर अरुका अगाडि राम्रोसँग कुराकानी गर्नसमेत अप्ठ्यारो स्थिति आउँदा लाजको अनुभव हुने नै भयो । साथै श्वासको गन्धले मानिसको स्वास्थ्य र खानपिनको अनुपयुक्त आनीबानीसमेत झल्काइरहेको हुन्छ । मुख र पेटका विभिन्न रोग र सरसफाइको कमीका कारण सास गन्हाउँछ । यस्तो बेला अपनाउनुहोस् केही सजिला उपाय :
१. आफ्नो सरसरफाइको बानीको मूल्याङ्कन गर्ने
दाँत माझ्नु र जिब्रो सफा गर्नु श्वास गनाउने समस्याबाट मुक्ति पाउने पहिलो शर्त हो । खानेकुरा खाइसकेपछि कुल्ला गर्नु मुखको सरसफाइको लागि महत्वपूर्ण छ । यति गर्दा पनि धेरै श्वास गन्हायो भने पोषणको अनियमितताका कारण त्यसो भएको हुन सक्छ ।
२. प्रशस्त पानी पिउने
सासको गन्धका साझा कारण डिहाइड्रेसन अर्थात् पानीको कमी पनि हुन सक्छ । धेरै मानिस चाहिनेभन्दा थोरै पानी पिउँछन् । त्यही नै श्वासबाट गन्ध आउनुको मुख्य कारण हो । माइक्रो ब्याक्टेरियालाई निष्क्रिय पार्ने थुक या ¥याल उत्पादनका लागि प्रशस्त स्वच्छ र फ्लोराइड नभएको पानी पिउनु पर्छ ।
३. काँचा खानेकुरा खाने
गाँजर, स्याउजस्ता फलफूल धेरै खानु सास गनाउने समस्याका लागि फाइदाजनक हुन्छ । रेशायुक्त काँचा फलफूल तथा तरकारी सासको गन्धसँग लड्न सहयोग गर्छ । यस्ता फलफूलले शरीरलाई चाहिने पोषण र शक्तिसमेत दिन्छ ।
४. नूनपानीले कुल्ला गर्ने
नूनपानीले कुल्ला गर्दा घाँटी र मुखबाट गन्ध उत्पादन गर्ने ब्याक्टेरिया हट्छ । सफा पानीमा नून हालेर कुल्ला गर्नु सजिलो र सुलभ तरिका पनि हो ।
५. धूमपान नगर्ने
धूमपानका कारण क्यान्सर हुनाका अलावा गिजालाई समेत क्षति पु¥याउँछ । धुमपान गर्नाले दाँत र गिजालाई फोहोर बनाउँछ । त्यसैले यसलाई त्याग्नुपर्छ ।  

 

Leave A Comment