अञ्जुको ‘दैवको खेल’

आइतबार, ०४ असार २०७४, १२ : ०४ शुक्रवार , Kathmandu
अञ्जुको ‘दैवको खेल’

गायिका अञ्जु पन्तको ‘दैवको खेल’ बोलको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतलाई दिनेश बलामीले लेखेका हुन् । यसमा सन्तोष श्रेष्ठले संगीत भरेका छन् । शेरबहादुर गुरुङले निर्देशन गरेको गीतको भिडियोमा अभिनेत्री रजनी केसी फिचरिङमा छिन् । उनीसँगै सोना गुरुङ र नरेनको पनि अभिनय छ ।

श्रीको ‘समर्पण’
गायक श्री राईको शब्द, संगीत र स्वरमा रहेको डेब्यु एल्बम ‘समर्पण’ सार्वजनिक भएको छ । राजधानीमा हालै आयोजित कार्यक्रममा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति सरुभक्त श्रेष्ठ, प्रतिष्ठानका सदस्यसचिव गणेश रसिक र गायिका तायाहाङमा राईले एल्बम सार्वजनिक गरे । एल्बममा ‘सुस्तरी सुस्तरी’, ‘बैँसालु जवानी’, ‘नजाऊ मलाई छोडी टाढा’, ‘जोडेर दुई मुटु’ बोलका गीत छन् । कार्यक्रममा एल्बममा रहेको ‘बैँसालु जवानी’ गीतको म्युजिक भिडियो पनि सार्वजनिक गरिएको थियो । विशाल राईले निर्देशन गरेको भिडियोमा पुष्पल खड्का र सृष्टिना राईले फिचरिङ भएका छन् ।

सरुको ‘तिम्रो र मेरो सम्बन्ध’
गायिका सरु गौतमको नयाँ गीत सार्वजनिक भएको छ । ‘तिम्रो र मेरो सम्बन्ध’ बोलको गीतलाई उत्तम भण्डारीले लेखेका हुन् । गीतको संगीत र एरेन्ज टंक बुढाथोकीले गरेका छन् ।

 

Leave A Comment