व्हील ओकेमा हमाल जोडी

शनिबार, ०३ असार २०७४, १२ : ५० शुक्रवार , Kathmandu
व्हील ओकेमा हमाल जोडी

युनिलिभर नेपालले ‘व्हील ओके’ साबुनको नेपाली बजार हिस्सा बढाउन राजेश हमाल र उनकी पत्नी मधुलाई प्रयोग गरेको छ ।  ‘व्हील ओके किन्नुमै बुद्धिमानी छ’ भन्ने विज्ञापनमा अभिनेता हमाल र उनकी पत्नी मधु देखिएका हुन् ।
वैवाहिक जीवनपछि मोडलिङका कुनै पनि काम नगरेकी मधुले ‘व्हील ओके’को विज्ञापनका लागि पतिसँग काम गर्न राजी भएकी हुन् ।
‘ह्वील ओके’मा बढाइएको कागतीको शक्ति, कागतीको बास्ना, बोसो रहित साबुनजस्ता विशेषता भएकाले सोहीअनुसारको प्रचारका लागि हमाल दम्पतिलाई विज्ञापनमा अभिनय गराइएको कम्पनीले जनाएको छ ।

Leave A Comment