मुनाको ‘लाउरे’ प्रेम

शनिबार, ०३ असार २०७४, १२ : ३७ शुक्रवार , Kathmandu
मुनाको ‘लाउरे’ प्रेम

मुना अर्थात् सृष्टि श्रेष्ठको लाउरे प्रेमले ‘रोमियो एन्ड मुना’ टिम तनावमा परेको खबर छ । निर्माण टिमले खुलेर सृष्टिका विरुद्ध मुख खोलेको त छैन तर अनौपचारिक रुपमा सृष्टिले आफ्नो फिल्मलाई बेवास्ता गरिरहेको गुनासो भने गर्ने गरेको छ ।
सृष्टिले ‘रोमियो एन्ड मुना’ को धरानमा सुटिङ चलिरहँदा नै निगम श्रेष्ठको निर्देशनमा बन्न लागेको ‘लाउरे’को वर्कसपका लागि भन्दै काठमाडौं आएर ‘रोमियो...’को सुटिङ प्रभावित पारिन् । यतिबेला पनि फेरि एक पटक सृष्टिकै कारण ‘रोमियो एन्ड मुना’को सुटिङ प्रभावित भएको खबर छ ।
धरानको सुटिङपछि फिल्मको केही भाग काठमाडौं र बैंककमा सुटिङ गर्नुपर्ने थियो तर सृष्टि ‘लाउरे’ को सुटिङमा व्यस्त भइदिँदा ‘रोमियो...’को सुटिङ अनिश्चित बनेको छ ।
सृष्टिले धरानमा फिल्मको सुटिङ चलिरहँदा पनि प्रेमी सौगात मल्ललाई सेटमै बोलाएर निर्माता चिढ्याएकी थिइन् । अहिले त अर्को फिल्मको सुटिङमा हिँडिदिएर ‘रोमियो...’ नै रोकिएको छ । यस्तोमा निर्माता किन यिनलाई अनुबन्ध गरिएछ भन्ने पछुतो मान्नुबाहेक के उपाय छ र ?

 

Leave A Comment