‘शुक्रबार’ र ‘परिवार’मा पोखरेल

शनिबार, ०३ असार २०७४, १२ : १० शुक्रवार , Kathmandu
‘शुक्रबार’ र ‘परिवार’मा पोखरेल

नेपाल रिपब्लिक मिडियाबाट प्रकाशन हुने ‘शुक्रबार’ साप्ताहिक र ‘नागरिक परिवार’ मासिकको सम्पादकमा विश्वमणि पोखरेल नियुक्त भएका छन् ।
यसअघि ‘नागरिक’ राष्ट्रिय दैनिकका समाचार प्रमुख रहेका पोखरेललाई व्यवस्थापनको निर्णयअनुसार जिम्मेवारी दिइएको हो ।
नागरिक पूर्वेलीको  आवासिय सम्पादकको भूमिका निर्वाह गरेका पोखरेल अढाई दशकदेखि पत्रकारितामा सक्रिय छन् ।
नेपाल रिसर्च ब्युरो (एनआरबी)को संयोजक पोखरेल त्रिभुवन विश्वविद्यालयबाट भूगर्भशास्त्रमा स्नातकोत्तर छन् । उनले भारतको चेन्नईस्थित एसियन कलेज अफ जर्नालिज्मबाट पत्रकारितामा पोस्ट ग्र्याजुएट गरेका छन् । उनले नियमित रुपमा ‘नागरिक’ दैनिकमा परिदृश्य स्तम्भअन्तर्गत सामाजिक–राजनीतिक विषयमा लेख  लेख्ने गरेका छन् ।

 

Leave A Comment