तपाईंको मोबाइलमा भाइरस त छैन ? यसरी थाहा पाउनुहोस्

बुधबार, ३१ जेठ २०७४, ०१ : ३८ शुक्रवार , Kathmandu
तपाईंको मोबाइलमा भाइरस त छैन ? यसरी थाहा पाउनुहोस्

एन्ड्रोइड विश्वमा सबैभन्दा धेरै प्रयोगमा आएको अपरेटिङ सिस्टम हो । दुनियाँमा १ अर्बभन्दा धेरै एन्ड्रोइड प्रयोगकर्ता छन् । यी प्रयोगकर्तालाई आफ्नो जालमा पार्नका लागि ह्याकरहरूले नयाँ नयाँ उपाय प्रयोग गरिरहेका हुन्छन् । प्रयोगकर्ताले आफ्नो मोबाइलमा शंकास्पद एप डाउनलोड गरुन् र त्यस्ता भाइरसजन्य एपबाट प्रयोगकर्ताको मोबाइल ह्याक गर्न सकियोस् भन्ने उनीहरूको उद्देश्य हुन्छ ।
एप्पल प्रडक्टको तुलनामा एन्ड्रोइडमा भाइरसको समस्या निकै धेरै हुने गरेको छ । आफ्नो स्मार्टफोनमा कतै भाइरस पो पसेको छ कि ? यो थाहा पाउन यी सावधानीका उपाय अपनाउनुपर्छ ।
डाटा प्रयोग बढ्नु
अचानक तपाईँको मोबाइलमा बढी डाटा खपत हुन लाग्यो भने यसको एउटा कारण मोबाइलमा घुसपैठ गरेको भाइरस पनि हुनसक्छ । खासै मोबाइल डाटा प्रयोग नगर्दा पनि डाटाको खपत उच्च छ भने तपाईँको मोबाइल वा ट्याब भाइरसको चपेटामा परेको हुनसक्छ ।
अतिरिक्त शुल्क
तपाईँको मोबाइल बिलमा अनावश्यक एसएमएस चार्ज लिइएको छ भने यो भाइरसको संकेत हुनसक्छ । यसमा तपाईँको मोबाइलबाट प्रिमियम रेट नम्बरहरूमा टेक्स्ट म्यासेज पठाइन्छ र तपाईँकोबाट कटेको पैसाबाट ह्याकरले अरु नै नम्बरमा रिचार्ज गर्छन् । सोही कारण तपाईँको मोबाइलको पैसा रित्तिँदै जान्छ । प्रिमियम रेट नम्बर यस्तो विशेष खालको एउटा नम्बर हो जसमा मेसेज पठाउँदा सामान्य भन्दा धेरै शुल्क लाग्छ ।
धेरै ब्याट्री खपत
भाइरसले केवल तपाईँको मोबाइलको डाटा सकिदिने मात्र होइन मोबाइलको ब्याट्रीको चार्ज पनि स्वात्तै पारिदिन्छ । एकपटक भाइरसवाला एप डाउनलोड भएसँगै तपाइँले आफ्नो मोबाइलको ब्याट्री छिटो छिटो रित्तिँदै गएको अनुभव गर्नुहुनेछ ।
अचानक आउने पप अप्स
तपाईँ आफ्नो स्मार्टफोनको स्क्रिनमा पप अप्स, नोटफिकेसन्स, अनावश्यक रिमाइन्डर्स तथा सिस्टम वार्निङजस्ता नोटिफिकेसनहरू आइरहन्छन् भने त्यो पनि शुभ संकेत होइन । यस्तो नोटिफिकेसन्समा क्लिक गर्दा तपाईँको मोबाइल भाइरसको चपेटामा पर्न सक्छ ।
अनावश्यक एप
कतिपय यस्ता एपहरू हुन्छन् जो तपाईँको जानकारी विना नै मोबाइलमा इन्स्टल हुन्छन् । ट्रोजन मालवेयरको माध्यमबाट तपाईँको मोबाइललाई नोक्सान पुराउने एप तपाईँको मोबाइलमा आफैँ डाउनलोड हुन्छ ।

 

Leave A Comment