मेलिनाको ‘तिम्रो मुस्कान’

सोमबार, २९ जेठ २०७४, १२ : ४९ शुक्रवार , Kathmandu
मेलिनाको ‘तिम्रो मुस्कान’

गायिका मेलिना राईंले आफ्नै एल्बम ‘मेलिना’ समावेश ‘तिम्रो मुस्कान’ बोलको गीत सार्वजनिक गरेकी छिन् । गीतमा सुनिलराज उप्रेतीको शब्द र हरि लम्सालको संगीत छ । गीतको भिडियोमा मेलिना स्वयं फिचरिङ छिन् । भिडियो निर्देशन सान थापाले गरेका हुन् । आफू चाँडै नयाँ एल्बम सार्वजनिक गर्ने तयारीमा रहेको मेलिनाले बताएकी छिन् ।

शान्तिप्रियको ‘अधर’
गीतकार शान्तिप्रियले आफ्नो जन्मदिनको अवसर पारेर एल्बम सार्वजनिक गरेका छन् । ‘अधर’ नाम गरिएको एल्बमलाई वरिष्ठ संगीतकार शम्भुजित बास्कोटाले विमोचन गरेका थिए । एल्बमभित्र ‘म त माया गर्ने मान्छे’, म त नफापेको मान्छे’, ‘मलाई जस्तो’ आदि बोलका पाँचवटा गीतहरू समावेश रहेका छन् । एल्बममा सन्तोष श्रेष्ठ, दिपक शर्मा र अर्जुन पोखरेलका संगीत छन् भने प्रमोद खरेल, अञ्जना गुरुङ, निखिता थापा, राज सिग्देल र युवराज चौलागाईंको स्वर रहेको छ । एल्बममा समावेश ‘म त नफापेको मान्छे’, ‘मलाई जस्तो’ र ‘म त माया गर्ने मान्छे’ बोलका तीनवटा गीतको म्युजिक भिडियो समेत बनेको  छ । यो शान्तिप्रियको पहिलो एल्बम हो ।

प्रमोदको ‘मै मोरो सोझो’
गायक प्रमोद खरेलको ‘मै मोरो सोझो’ बोलको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । यो गीतमा प्रमोदकै शब्द र संगीत रहेको छ । रोमान्टिक शैलीमा बनेको यो गीतको भिडियो निर्देशन नितिन चन्दले गरेका हुन् । भिडियोमा मोडलद्वय अर्जुन गौतम र जुना सुन्दास फिचरिङ छन् । गीतमा मोहित मुनालको संगीत संयोजन छ ।

विशालको ‘पार्टी सङ’
गायक विशाल निरौलाले ‘पार्टी सङ’ बोलको नयाँ गीत बजारमा ल्याएका छन् । गीतको शब्द, संगीत र एरेन्ज पनि विशाल स्वयंकै हो । ज्ञानेन्द्र शर्माको छायाँङ्कनमा विशाल नेपालीले निर्देशन गरेको भिडियोमा अभिनेत्री अशिष्मा नकर्मी, विशाल, अनिल पौडेल फिचरिङ छन् ।

Leave A Comment