रियालको सफलतासँगै जिदानको कीर्तिमान

आइतबार, २८ जेठ २०७४, १२ : ५३ शुक्रवार , Kathmandu
रियालको सफलतासँगै जिदानको कीर्तिमान

प्रशिक्षक जिनेदिन जिदान मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हालेको १७ महिनामै च्याम्पियन्स लिग उपाधि जिताउने पहिलो प्रशिक्षक बनेका छन् । रियाल मड्रिडले युभेन्ट्सलाई ४–१ ले हराउँदैं च्याम्पियन्स लिग उपाधि रक्षा गरेपछि उनले सो सौभाग्य पाएका हुन् ।
स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले दुई गोल गरेपछि रियालले च्याम्यिन्स लिगको उपाधि रक्षा गरेको थियो ।
रियालका प्रशिक्षक जिनेदिन जिदान यसअघि सन् १९८९ र १९९० मा एसी मिलानका प्रशिक्षक अरिगो साचीले लगातार दुई पटक उपाधि जिताएका थिए । त्यति बेला प्रतियोगिता युरोपियन कपका नाममा हुन्थ्यो ।
‘यो खेलाडीहरूका लागि धेरै खुसीको क्षण हो र क्लबका लागि ठूलो उपलब्धि,’ जिदानले भने, ‘म खुसी छु, किनभने एकै सिजन स्पेनिस ला लिगा र च्याम्पियन्स लिगको उपाधि जित्न सहज छैन । यो वर्ष हामीले कडा मिहेनेत र इच्छाशक्तिले यसलाई सम्भव बनायांै ।’
कार्डिफमा सम्पन्न फाइनलको २०औं मिनेटमा रोनाल्डोको गोलबाट रियालले अग्रता लिएको थियो । यस गोलसँगै रोनाल्डो सन् १९९२ पछि च्याम्पियन्स लिगको तीनवटा फाइनलमा गोल गर्ने पहिलो खेलाडी बने । गोन्जालो हिग्विनको पासमा मारियो मान्डजुकिकले ब्याक भलीमा उत्कृष्ट गोल गर्दै युभेन्ट्सलाई खेलमा फर्काएका थिए ।
पहिलो हाफ १–१ को बराबरीमा टुंगिएपछि ६१औं मिनेटमा गोल गर्दै कासिमिरोले रियाललाई दोस्रो पटक अग्रता दिलाए  । रोनाल्डोले लुका मोडरिचको पासमा गोल गर्दै रियालको अग्रता ३–१ मा पु¥याए । यो सिजनको च्याम्पियन्स लिगमा रोनाल्डोको यो १२औं गोल थियो । उनका चिर प्रतिद्वन्द्वी बार्सिलोनाका स्ट्राइकर लियोनल मेसी उनीभन्दा एक गोलले पछि छन् । च्याम्पियन्स लिगमा समग्रमा भने रोनाल्डोको गोलसंख्या १ सय ५ पुगेको छ ।
अतिरिक्त समयको पहिलो मिनेटमा मार्सेलोको पासमा वैकल्पिक खेलाडी मार्को एसेन्सियोले गोल गरेपछि रियालको जित थप फराकिलो बन्यो । पछिल्लो ४ वर्षमा रियालले च्याम्पियन्स लिग जितेको यो तेस्रो पटक हो । समग्रमा भने रियालले च्यायिम्पयन्स लिगको उपाधि जितेको यो १२औं पटक हो ।
यता चार पटक च्याम्पियन्स लिगको उपाधि जितिसकेका रोनाल्डोले पाँचौं सिजनमा प्रतियोगिताको उच्च गोलकर्ता बनेर मेसीले पाँच पटक बालोन डी’अर जित्दै राखेको कीर्तिमानसँग बराबरी गर्ने सम्भावना बलियो पारेका छन् ।
‘लगातार दोस्रो वर्ष च्याम्पियन्स लिगको उपाधि जित्दै च्याम्पियन्स लिगमा उपाधि रक्षा गर्ने पहिलो टोली बन्न पाउँदा हामी धेरै खुसी छांै,’ क्लब र राष्ट्रका लागि आफ्नो गोलसंख्या ६ सय पुर्याएका रोनाल्डोले भने, ‘मैले सुखद रूपमा यो सिजनको अन्त्य गरँे । च्याम्पियन्स लिगमा उपाधि रक्षा गर्नु अर्को कीर्तमान हो, जसका लागि हाम्रो टोलीका खेलाडीहरू सक्षम छन् र हामी धेरै खुसी छांै ।’
सन् १९५८ पछि रियालले ला लिगा र च्याम्पियन्स लिग गरी दोहोरो उपाधि जितेको यो पहिलो पटक हो  । त्यति बेला रियालले क्लब विश्वकप र युरोपियन सुपर कपसमेत जितेको थियो ।
मासिमिलियानो एलेग्रीको टोली भने च्याम्पियन्स लिगको फाइनलमा पराजित भएको यो लगतार पाँचाैं पटक हो । समग्रमा युुभेन्ट्सको यो सातौं हार हो ।
लगातार छैटाैं पटक सिरी ‘ए’ को उपाधि जित्दै कीर्तिमान बनाएको युभेन्ट्सले लिगसँगै इटालियन कप पनि जितिसकेपछि च्याम्पियन्स लिग जितेर तेहेरो उपाधि भिœयाउने लक्ष्य बनाएको थियो ।
‘हामी जितका लागि सक्षम छौं भन्ने सोचेर ढुक्कसँग खेलेका थियौं । तर हामीले दोस्रो हाफमा किन त्यस्तो प्रदर्शन ग¥यौं, म वर्णन गर्न सक्दिनँ,’ तेस्रो पटक फाइनलमा पराजित भएपछि युभेन्ट्सका कप्तान जियानलुइजी बुफोनले भने, ‘रियाल मड्रिडले दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन ग¥यो । उनीहरूले आफ्नो क्षमताअनुसार प्रदर्शन गर्दै यस्तो महत्वपूर्ण खेलमा आवश्यक खेलभावना देखाए ।’

 

Leave A Comment