गायनमा परमिता

आइतबार, २८ जेठ २०७४, १२ : २८ शुक्रवार , Kathmandu
गायनमा परमिता

फिल्म ‘चपली हाईट–२’ मार्फत अभिनयमा डेब्यु भएकी अभिनेत्री परमिता राणाको परिचय अब थपिएको छ । उनी अब गायिका बन्दैछिन् ।

दुई सोलो एल्बम रिलिज गर्ने तयारीमा रहेकी उनले हालै राजधानी आयोजित एक कार्यक्रममा प्रस्तुती दिइन् । आगामी अगस्टमा उनीद्वारा स्वरबद्ध रोयल र योङ किङ एल्बम एकसाथ रिलिज हुँदैछन् । नौ गीत समावेश हुने एल्बममा चार गीत रेकर्ड भैसकेका छन् ।

रेकर्ड भएका ती चार गीतलाई त्रिपुरेश्वरस्थित कर्मा लाउञ्जमा परमिताले गाएर सुनाइन् । उनलाई गाउन दुई ¥यापर नास्टी र भिजनले सघाए । नास्टीसँग मिलेर परमिताले गीत पनि लेखेकी छन् ।

उनी आफ्नो बेग्लै जानरा सिर्जना गर्न चाहन्छिन् जसलाई इडीएम नाम दिइएको छ । इलेक्ट्रोनिक र फ्युजन मिश्रण गरेर इडीएम जानराको विकास गर्ने राणाको कम्पनी टेक म्यानेजमेन्ट सर्भिसकी सीइओ विपश्यना श्रेष्ठले बताइन् ।

 

Leave A Comment