कन्डम प्रयोग यौनसन्तुष्टिमा कमी आउँदैन्

शनिबार, २७ जेठ २०७४, १२ : ५२ शुक्रवार , Kathmandu
कन्डम प्रयोग यौनसन्तुष्टिमा कमी आउँदैन्

मेरो बिहे भएको ११ महिना हुन लाग्यो । हामीले परिवार नियोजनका साधन प्रयोग गरेका छैनौँ । श्रीमानलाई कन्डम मन पर्दैन । मलाई पनि परिवार नियोजनका साधन प्रयोग गर्न मन लाग्दैन । हामी प्राकृतिक परिवार नियोजनको विधिमा बढी भर परेका छौँ । हामीले पात्रो विधि प्रयोग गरेका छौँ । तर, मेरो महिनावारी समयमा हुँदैन । कहिले २४ दिनमा त कहिले ४१ दिनमा हुन्छ । यस्तो अवस्थामा के गर्ने होला ?
बी

तपाईंले परिवार नियोजनको पात्रो विधिलाई ध्यानपूर्वक प्रयोग गर्नुभएको छ भने तपाईंको सबैभन्दा लामो महिनावारीको दिन हुँदासम्म पनि महिनावारी भएन भने नजिकको अस्पतालमा गएर चिकित्सकसँग सल्लाह गरेर पिसाब जाँच गराउनुहोला । पात्रो विधिअनुसार तपाईंको गर्भ नरहने या सुरक्षित समय भनेको महिनावारी भएको ३१ औँ दिनदेखि अर्को महिनावारी भएको चौथो दिनसम्म हो । किनभने, पात्रो विधिअनुसार तपाईंको सबैभन्दा छोटो महिनावारीबाट २१ घटाउनुपर्छ (२४­२१) र सबैभन्दा लामो महिनावारीको अन्तरालबाट ११ दिन घटाउनुपर्छ (४१­३१) । यसरी हिसाब गर्दा तपाईंको असुरक्षित समय भनेको महिनावारी भएको चौथो दिनदेखि ३१ औँ दिनसम्म हो ।
मेरो बिहे हुन लागेको छ । मलाई तुरुन्तै बच्चा जन्माउने रहर छैन । सुरु–सुरुमै कन्डम प्रयोग गर्न अप्ठ्यारो हुन्छ जस्तो लाग्छ । म श्रीमतीलाई पनि परिवार नियोजनका साधन प्रयोग गर्न लगाउने पक्षमा छैन । मैले कसरी सुरक्षित सम्पर्क गर्नसक्छु होला ?
पीआर

बच्चा जन्माउन हतार नगर्ने तपाईंको निर्णय उचित छ । आर्थिक तथा अन्य हिसाबले सन्तानको दायित्व उठाउन सक्षम हुन पनि छिट्टै बच्चा नजन्माएको बेस ! अहिलेको समय भनेको ज्ञानलाई व्यवहारमा प्रयोग गरेर लाभ लिने समय हो । बिहेपछि श्रीमतीसँग खुलेर कुरा गर्नुस् । स्वास्थ्यलाई हानि नपुर्याउने र दुवैलाई उपयुक्त हुने परिवार नियोजनका साधन प्रयोग गर्नु राम्रो हुन्छ । कन्डम प्रयोग गर्न अप्ठ्यारो मान्नुपर्दैन । यसले यौनसन्तुष्टिमा कमी ल्याउँदैन । तपाईंका लागि सबैभन्दा भरपर्दाे परिवार नियोजनको साधन कन्डम हो ।

 

Leave A Comment