भृकुटीमण्डपमा ‘रमाउँछ नेपाल’

शनिबार, २७ जेठ २०७४, १२ : २१ शुक्रवार , Kathmandu
भृकुटीमण्डपमा ‘रमाउँछ नेपाल’

शनिवार राजधानीको भृकुटीमण्डपमा वृहत सांगितिक कार्यक्रम आयोजना हुने भएको छ । नेप्ले इभेन्ट्सको आयोजनामा हुने सो कार्यक्रममा देशका चर्चित ब्याण्ड तथा डिजेले प्रस्तुति दिँदैछन् ।

‘रमाउँछ नेपाल’ नाराका साथ आयोजना हुने यो कार्यक्रममा रोहित जोन क्षेत्री एण्ड ब्यान्ड, कबवेभ, द एक्स र सक्षम ब्याण्ड सहभागी हुँदैछन् । उनीहरूसँगै शहरका पपुलर डिजेहरू सनिल, पासा, बनोन, नानी र मनिचेले दर्शक नचाउने भएका छन् ।

कार्यक्रममा आफ्नो प्रस्तुतिलाई मनोरञ्जक बनाउन सबै ब्याण्डहरूले भब्य तयारी गरिरहेको बताएका छन् । उपत्यका बाहिर थुप्रै स्टेज कार्यक्रम भ्याइसकेको रोहित जोन क्षेत्रीको ब्याण्डले काठमाडौंमा पहिलोपटक प्रस्तुति दिन लागेको हो । ‘हामी हाम्रो ‘बिस्तारै’ एल्बमका गीतहरू प्रस्तुत गर्ने तयारीमा छौं,’ ब्याण्डका भोकलिष्ट रोहितले भने ।

त्यस्तै ‘कबवेभ ब्यान्ड’ पनि आफ्नो प्रस्तुति दिनलाई उत्साहित छ । ‘अन्य थुप्रै ब्यान्डसँग स्टेज सेयर गर्न पाउँदा खुशी छौं, हामी हाम्रो बेस्ट दिने तयारीमा छौं,’ ब्याण्डका सदस्य निलेश जोशीले भने ।
यता सक्षम ब्यान्ड भने यो कार्यक्रमले संगीत क्षेत्रमा ऊर्जा थप्ने बताउँछ । ‘सबै तयारी गरिसक्यौं । साथी–सर्कललाई पनि कार्यक्रमबारे खबर गरिसक्यौं,’ ब्याण्डका सदस्य रिसु नेपाली भने ।

विहानको ११ देखि साँझ आठबजेसम्म हुने यो कार्यक्रमका लागि करिब पाँच हजार दर्शक सहभागि हुने अपेक्षा राखिएको नेप्से इभेन्ट्स नेपालका निर्देशक मनिष पाठकले बताए । ‘काठमाडौंमा ठूलो सांगितिक कार्यक्रम नभएको धेरै भइसक्यो,’ उनले भने, ‘यो ग्यापलाई मेन्टेन गर्ने हामीले यो कार्यक्रम तय गरेका हौं । लाइभ पर्फमेन्स दिनका लागि यो राम्रो प्ल्याटफर्म हो । कार्यक्रममा १ सय ५० रुपैयाँ भन्दा माथि विभिन्न दरका टिकट उपलब्ध रहेको उनले जानकारी दिए ।

 

Leave A Comment