गर्मीमा शीतल खानेकुरा

बुधबार, २४ जेठ २०७४, ०४ : २७ शुक्रवार , Kathmandu
गर्मीमा शीतल खानेकुरा

पानीः शरीरको तापक्रम नियन्त्रण गरी गर्मी भगाउने सर्वमान्य उपाय पानी पिउनु हो । गर्मीको दिनमा प्रशस्त पानी खाइरहनाले शरीरभित्र उत्पन्न हुने तापक्रम नियन्त्रण हुन्छ । पानी पिउनाले गर्मी हट्ने मात्र नभई डिहाइड्रेसनका कारण हुने विभिन्न स्वास्थ्य समस्या समेत निको हुन्छ ।
दही :  दहीलाई गर्मी मौसममा खाने सबैभन्दा स्वस्थ खाना मानिन्छ । दही सजिलै उपलब्ध पनि हुन्छ । दहीका विभिन्न परिकार बनाएर वा सिधै सेवन गर्न पनि सकिन्छ ।
काँक्रो : गर्मीमा फल्ने र शीतल बनाउने फल हो काँक्रो । काँक्रो पानी र विभिन्न पोषणयुक्त फल पनि हो । यसले गर्मीमा शरीरलाई चाहिने पानीको पूर्ति गरी शरीरलाई शीतलता प्रदान गर्छ । काँक्रालाई अचार, सलाद, जुस वा कुनै पनि रूपमा खान सकिन्छ । दैनिक काँक्रो खानाले शरीरको तापक्रम प्राकृतिक रुपमा घटाउन मद्दत गर्छ ।
खर्बुजा :गर्मीमा खर्बुजा खानाले शरीरलाई शीतलता दिन्छ । खर्बुजाको अधिकांश भाग पानीयुक्त हुने भएकाले प्रशस्त खर्बुजा खाँदा शरीरलाई हाइड्रेटेड राख्छ ।
पुदिना : शरीरको गर्मी हटाउने घरेलु उपायको रूपमा पुदिनाको सेवन राम्रो मानिन्छ । यसको जुस बनाएर पिएमा गर्मीमा शरीरलाई शीतलता दिन्छ ।
भुइँकटहर: शरीरको तापक्रम नियन्त्रण गर्न र ताजगी दिन भुइँकटहर खान सकिन्छ । भुइँकटहरलाई जुसको रूपमा पनि पिउन सकिन्छ ।
नरिवल पानीः गर्मीमा एक गिलास नरिवल पानीले पनि निकै फाइदा पु¥याउँछ । शरीरमा पानीको आपूर्ति गरी शरीरको तापक्रम नियन्त्रण गर्न नरिवल पानीले सहयोग गर्छ ।
सागपातः हरिया सागपातमा पानीको मात्रा हुन्छ । उच्च शक्ति (तापक्रम) उत्पादन नगरीकनै शरीरले सागपातलाई पाचन गर्न सक्छ । त्यसैले गर्मीमा हरिया सागपात खानु राम्रो हुन्छ ।
कोल्ड कफी : गर्मीमा खाने विभिन्न पेय पदार्थहरू छन् । यसमध्ये बरफसहित  चिसो कफीको सेवनले शरीरको तापक्रम बढ्न नदिई गर्मी दिनमा पनि ताजा बनाइराख्छ ।
कागतीः कागतीई विभिन्न तरिकाले सेवन गर्न सकिन्छ । पानीमा कागतीको रस मिसाएर, सोडा तथा सर्वत बनाएर पनि पिउन सकिन्छ । कागतीले ताजापनसँगै डिहाइसनबाट समेत बचाउँछ । कागतीलाई शरीरको प्रतिरोध क्षमता बढाउने, घाँटीको संक्रमण रोक्ने, अपच र कब्जियत समेत हुन दिँदैन । कागतीले रगतको विकार पनि सफा गर्छ ।

 

Leave A Comment